६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

आफ्नै साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ



धरान । साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । गत शनिबार धरान उपमहानगरपालिका–१५ स्थित सदन रोडमा २१ वर्षका रिजन राईमाथि खुकुरी प्रहार भएको थियो ।

उक्त अभियोगमा पक्राउ पर्नेमा धरान–१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, धरान–८ का २२ वर्षका रोमन गुरुङ, सोही ठाउँका १७ वर्षका प्रस्थान राई र धरान–५ का २१ वर्षीय सुदीप तामाङ छन् । उनीहरुलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।

शनिबार बिहान चिया खाएर पैसा तिर्ने विषयमा विवाद हुँदा राईमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानले तत्कालै विराटनगरस्थित बिराट नर्सिङ अस्पताल रेफर गरेको थियो ।

राईको टाउको, बायाँ हात र कुहिना काटिएको छ । हाल उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । राईमाथि खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ परेको पाँचै जनालाई प्रहरीले पक्राउ गरी आजै सार्वजनिक गरेको हो।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  १० : ११ बजे

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध