१३ पुस २०८२, आइतबार | December 28, 2025

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता



नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा चालु आर्थिक वर्षमा २७९ उजुरी दर्ता भएका छन् । साउनमा ७१, भदौमा ४१, असोजमा ३१, कात्तिकमा २८, मङ्सिरमा ३७, पुसमा ४० र माघको २७ गतेसम्ममा ३१ उजुरी दर्ता भएको कार्यालयले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसको अवसरमा आज नेपालगन्जमा आयोजित कार्यक्रममा सम्पर्क कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले उजुरी फर्छ्यौटमा साउनदेखि हालसम्म ६२ प्रतिशत प्रगति हासिल गरेको जानकारी दिए । गत वर्ष सो कार्यालयले कूल उजुरीको ८३ दशमल ८३ प्रतिशत फर्छ्यौट गरेको थियो । नेपालगन्ज कार्यालयको कार्य क्षेत्र लुम्बिनीका बाँके, बर्दिया, दाङ र रोल्पा जिल्ला हुन् ।

सो अवसरमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले भ्रष्टाचारलाई सामाजिक रोगको संज्ञा दिँदै भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताए । उनले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्त्री अग्रवालले इन्जिनियर नवीन पाण्डे र प्रहरी हवल्दार गुलाबचन्द्र मौर्यलाई पुरस्कृत गरेका थिए । स्थापना दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ७ : ३६ बजे

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौं । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी,