१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित



बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को उद्घाटन खेलमा शिवनगर युवा परिवार विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा शुक्रबार भएको खेलमा शिवनगरले सयपत्री युवा क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

बुटवल, रामनगरस्थित खेल मैदानमा भएको एकतफी खेलमा शिवनगरको जितमा क्याप्टेन सुजन चिढीमगरले दुई तथा बिक्की थापाले एक गोल गरे । खेलको ३२ औ मिनेटमा शिवनगरका क्याप्टेन सुजन चिढीमगरले खाता खोले । खेलको ४५ औ मिनेटमा बिक्की थापा अर्को गरे । खेलको अन्तिम सुजन चिढिमगरले फ्रिकिकमार्फत गोल गरे ।

सयपत्रीका खेलाडीले डिबक्सबाहिर लडाएपछि पाएको फ्रिकिकलाई सदुपयोग गर्दै शानदार गोल गरे । खेलमा सुजन चिढिमगर खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए । शनिबार आयोजक लखन ब्रदर्श र तिलोत्तमा भूपूसैनिक-११ का बिचमा खेल हुने क्लबका अध्यक्ष सुदिप खत्रीले बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद ३ लाख १ हजार १११ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उप विजेताले नगद १ लाख ५१ हजार १११ राशीसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार १११ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर तथा उत्कृष्ट मिड फिल्डरलाई जनही १० हजार १११ रुपैयाँ नगद राशी पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिता सम्पन्न गर्न १९ लाख बढी खर्च अनुमान गरिएको क्लबका सचिव निरन्जन पन्तले जानकारी दिए ।

प्रतियोगितामा रुपन्देहीसहित नवलपरासी, पाल्पाका १२ टिमले सहभागिता रहेको क्लबका संरक्षक तथा प्रतियोगिताका संयोजक राम बहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ७ : २७ बजे

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम