१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

ठगी गरेको आरोपमा दुई जना पक्राउ



काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा र क्रोएसिया पठाइदिने भन्दै रु १५ लाख २१ हजार ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा डडेल्धुरा भागेश्वर गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वर बस्ने २४ वर्षीय सुरेश नाथ र सङ्खुवासभा मकालु गाउँपालिका–४ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१३ बस्ने ४३ वर्षीय धनबहादुर राई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

पक्राउ परेकामध्ये सुरेशले क्यानडा पठाउने भन्दै रु १७ लाख एक हजार र धनबहादुरले क्रोएसिया पठाउने भन्दै रु १३ लाख ५० हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरी परेको थियो ।

पक्राउ परेका दुवै जनालाई आजै थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।

खैरो हेरोइनसहित काठमाडौँबाट तीन जना पक्राउ
प्रहरीले काठमाडौँ महानगरपालिका–२६ पवित्रनगरस्थित रम्भादेवी गेष्ट हाउसबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ५० ग्रामसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा दाङ घोराही उपमहानगरपालिका–१० का ३२ वर्षीय निरोज कुँवर, भक्तपुर सूर्यविनायक नगरपालिका–६ का ३० वर्षीय सुभाष मिश्र तथा धादिङ सिद्धलेक गाउँपालिका–३ घर भएका २८ वर्षीय सूर्यबहादुर थापा रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  १० : ०६ बजे

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या