२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन



काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको छायाँ दर्शन पर्व मङ्गलबार पशुपति क्षेत्रमा विशेष रुपमा मनाइएको छ । सूर्य उत्तरायणतर्फ लागेर दिन लामा र न्याना हुन थाली हिउँद ओरालो लाग्दा यो पर्व मनाउने गरिन्छ । यस दिन पशुपतिनाथ मन्दिरमा विशिष्ट अर्चना गरेर सर्वसाधारणलाई पशुपतिनाथको शिव लिङ्गको छायाँ दर्शन गराउने चलन छ ।

पशुपति क्षेत्र विकास कोषको आयोजनामा स्थानीय नेवा समुदायका भक्तजनले पशुपतिनाथको शिव लिङ्गको पूजा गर्ने र नयाँ मुकुट पहिराउने चलन छ । यसरी पूजा अर्चना सकिएपछि मन्दिरको दक्षिणपट्टिको चोकमा जल भरेर शिव लिङ्गको छाया प्रतिविम्बित गराई त्यस स्थानमा आउने भक्तजन तथा तीर्थयात्रीलाई दर्शनको प्रबन्ध मिलाइन्छ ।

यस दिन पशुपतिमा विशेष रहन्छ । आराध्यदेवको प्रतिमाको छाया हेर्न भक्तजनको घुइँचो लाग्छ । यसरी छायाँ दिउँसोदेखि साँझको आरती अघिसम्म हेर्न पाइन्छ । हजारौँ भक्तजनले लाम लागेर पशुपतिनाथको छायाँ दर्शन गरेको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वर भण्डारीले जानकारी दिए ।

सनातन सभ्यताको केन्द्रबिन्दुका रुपमा इतिहास बोकेको विश्वभरिका हिन्दूको आराध्यदेव पशुपतिनाथमा छायाँ दर्शन हेर्न हजारौँ भक्तजन भेला भएका थिए । पशुपति क्षेत्र देवपतन, जयबागेश्वरी, गौरीघाट, चाबहिल, कुटुम्वाहल, सिफल, गौशाला, पिङ्गलास्थान र श्लेष्मान्तक वन आसपासको विशाल क्षेत्रमा फैलिएको छ । सनातनदेखि पवित्र वाग्मती नदीको प्रवाहले सिञ्चित पाशुपत क्षेत्रभित्र करिब चार सय ९२ साना ठूला विभिन्न शैलीका मन्दिर, सत्तल, ढुङ्गेधारा, देवालय, मठलगायत करिब एक हजार शिव लिङ्ग रहेका छन् ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ५ : ४६ बजे

हिमाली जिल्ला मुगुमा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि आज जारी मतदानमा मुगु जिल्लामा

संविधानको रक्षा गर्ने शक्तिसहितका पक्षमा जनमत आउने विश्वास छ : पूर्वराष्ट्रपति डा यादव

जनकपुर । पूर्वराष्ट्रपति डा रामवरण यादवले जारी निर्वाचनबाट संविधानको रक्षा

नेकपा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मतदान नगर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले

तनहुँमा १०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात

बाँकेमा महिला मतदाताको उत्साहजनक उपस्थिती (फोटोफिचर)

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु