१६ चैत्र २०८२, सोमबार | March 30, 2026

पिकनिक गएर फर्किएको स्कुल बस शंखरापुरमा दुर्घटना, तीन जनाको मृत्यु



काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-५ मा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

पिकनिकबाट फर्किँदै गरेको चाबहिल मैजुबहालस्थित सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा तीन जना विद्यार्थीको मृत्यु भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले बताए ।

बुधबार अपराह्न ४:५० बजे काठमाडौं शंखरापुर नगरपालिका-५ कात्तिकेस्थित साँखु-नगरकोट सडक खण्डमा बा२ख ७९५८ नम्बरको बस ब्रेक फेल भएर दुरंघटनामा परेको बोहराले बताए ।

दुर्घटनामा अन्य ४० जना घाइते भएका छन् । उनीहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको बोहराले बताए ।

दुर्घटनामा घाइते भएकामध्ये एक जनाको टिचिङ अस्पताल, एक जनाको शंखरापुर अस्पताल र एक जनाको नेपाल मेडिकल कलेजमा मृत्यु भएको बोहराले बताए ।

दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते रहेका छन् । ३४ जना सामान्य घाइते र चालकको स्तुपा हस्पिटलमा उपचार भइरहेको छ ।

उक्त बस स्कुलले रिजर्ब गरेर पिकनिकका लागि लगेको बुझिएको छ ।

पिपुल्स लाइफ कियर अस्पतामा उपचारार्थ

१. फिलिप लामा बर्ष १०

२. प्रजोल थापा बर्ष १०

३. भिम तामाङ बर्ष ११

४. राम पररियार  बर्ष  १६

५. सुजन मगर  बर्ष १६

६. सिरिसा  सिवेदि बर्ष १२

७. प्रकाश बम बर्ष १६

८. साधन बिष्ट बर्ष १२

९. आराध्या शाह बर्ष १०

१०. आशिस तामाङ बर्ष १५

११. स्नेहा राइ बर्ष २१

१२. गंगा ज्वति बर्ष ४२

१३. रन्जित थापा बर्ष १३

१४. सुहाना गुभाजु बर्ष  १३

१५. श्रिसान्त पौडेल बर्ष १५

१६. कल्पना  रेज्मि बर्ष ३२

१७. बिकल्प  श्रेष्ठ बर्ष १०

१८. नाइस्का पाण्डे बर्ष २३

१९. सुविता तामाङ  बर्ष १४

२०. निशान्त पौडेल बर्ष १४

२१. सौगात मगर बर्ष १४

२२. अबित खान बर्ष १०

२३. अंकित नेपाल बर्ष १५

२४. रिदम थापा बर्ष १५,  अ.अ कार्य जारी ।

शंखरापुर अस्पतालमा उपचार्थ

१. आदित्य सुनार बर्ष १२/१३

२. धिरज साउद बर्ष १४

३. सन्देश गिरि बर्ष १३

४.शुसाङ्क डोटेल उपचारको क्रममा मृत्त घोषणा

नेपाल मेडोकल कलेजमा  उपचार्थ ;-

१. वर्ष १३ को शक्सेस खड्का

२.वर्ष ३७ कि  गोमा थापा

३. वर्ष १० कि  सनसाइन तामाङ

४. वर्ष ९ को निशम राइ

५. वर्ष १५ को समिर तामाङ

६. वर्ष १९ को सन्यम महर्जन

७. वर्ष १४ कि रितिका खत्रि

८. वर्ष १२ को  जेनिस दाहल

९. वर्ष १५ को अभिषेक मोक्तान

१०. वर्ष १६ को मिनु राइ

११. वर्ष १३ को रोहन अधिकारी

१२. सुबिना तामाङ

१३. नाम वतन नखुलेको १ जना पुरुष (मृत्यु)

१४. रोहन अधिकारी ।

टिचिङ अस्पतालमा उपचारार्थ;-

१). नाम वतन नखुलेको अं. वर्ष १६/१७ को पुरुष मृत्यु

२. वर्ष १६ को प्रबत दाश

३. वर्ष १५ युनिसा थामि

४. शुसिला तामाङ

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ८ : ४० बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन