३ श्रावण २०८३, आइतबार | July 19, 2026

नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्व हाम्रो कला, साहित्य र संगीत होः राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्व हाम्रो कला, साहित्य र संगीत भएको बताएका छन । नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८० लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला, साहित्य र संगीतसमाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पु¥याउँने स्पष्ट पारे । उनले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएकोसमेत बताए ।

उनले भने, ‘बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको नेपालमा साहित्य, कला, गीत, संगीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउने आधार हो ।’ राष्ट्रपति पौडेलले संगीतको शक्ति अपरम्पार रहेको भन्दै यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि भएको उल्लेख गरे ।

मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामथ्र्य रहेको गीतसंगीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइ गर्न नहुने राष्ट्रपति पौडेलको भनाई थियो । उनले भने,  ‘यो सभ्य र सुसंस्कृत समाजको एउटा परिचायक पनि हो । त्यसैले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीतसंगीतको विकासको लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्दछ ।’

राष्ट्रपति पौडेलले नेपाली लोक भाका पछ्याउँदै आधुनिक गीतसंगीतको सिर्जनामा नातिकाजीले पु¥याउनुभएको योगदान अनुकरणीय रहेको बताए । ‘नातिकाजीका सिर्जनाहरूमा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उनलाई नेपाली गीतसंगीतप्रेमीहरूको माझ सदैव अमर बनाइराखेको छ । विशेषत उनका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउँदै नेपाली संगीतको गौरवलाई बढाएको छ,’ उनले भने ।

सो अवसरमा राष्ट्रपति पौडेलले नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान तथा नातिकाजी राष्ट्रिय पुरस्कार, नातिकाजी राष्ट्रिय संगित पुरस्कार, नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुुरस्कार, नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार र नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ८ : ४७ बजे

राति १० बजेपछि नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग

कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको

अविरल वर्षापछि फेरि डुब्यो माइतीघर, ट्राफिक आवागमन प्रभावित

काठमाडौं । आइतबार काठमाडौंमा परेको अविरल वर्षापछि माइतीघर मण्डल क्षेत्र

कांग्रेसमा एकताको सम्भावना कमजोर, इतर पक्ष राष्ट्रिय भेला गर्ने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले नयाँ कार्यदिशा तय

मानव र प्रकृतिलाई केन्द्रमा राखेर विकास निर्माण गर्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र