१३ पुस २०८२, आइतबार | December 28, 2025

अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै



काठमाडौँ । इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुर्व्यवहारका घटना वृद्धि भएका छन् । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत हुने यस्ता घटना न्यूनीकरणका लागि डिजिटल शिक्षा आवश्यक रहेको सरोकारवाला तथा सञ्चारकर्मीहरुले बताएका छन् ।

आज यहाँ सुरक्षित इन्टरनेट दिवस २०२५ का सन्दर्भमा ‘अनलाइन दुव्र्यवहारबाट प्रभावित बालबालिका र महिलाको अवस्था तथा सुरक्षित इन्टरनेटका लागि सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया गरिएको थियो ।

भ्वाइस अफ चिल्ड्रेन र आइवर्ट नेपालको संयुक्त आयोजना भएको अन्तरक्रियामा अनलाइनबाट हुने दुर्व्यवहारका घटनाको तथ्याङ्क अध्ययन, रोकथाम तथा न्यूनीकरणका उपायबारे छलफल भएको थियो । कार्यक्रममा महिला आयोगका अध्यक्ष कमला पराजुलीले महिला सँगसँगै बालबालिका पनि अनलाइन दुर्व्यवहारबाट प्रभावित भइरहेकाले त्यसलाई न्यूनीकरण गर्न एकजुट हुनुपर्नेमा जोड दिइन् ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले अनलाइनमार्फत हुने दुर्व्यवहारजन्य घटनाको न्यूनीकरणका लागि सरकारी क्षेत्र सँगसँगै प्रत्येक व्यक्ति, अभिभावक सचेत हुनुपर्ने बताइन् । अन्य सहभागीले डिजिटल शिक्षाका बारेमा सबैलाई जानकारी हुनुपर्नेमा जोड दिए ।

भ्वाइस अफ चिल्ड्रेनका कार्यकारी निर्देशक कृष्णकुमार थापाले इन्टरनेटको सुरक्षित प्रयोगका लागि राज्यको नीति निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । साथै सरोकारवाला सङ्घसंस्थाले आआफ्नातर्फबाट सहकार्य गरी सुरक्षित समाज निर्माणमा सहकार्य गर्नु आजको आवश्यकता भएकामा जोड दिएका थिए ।

दुर्ब्यवहारका घटना बढ्दै

नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०र८१ मा छ सय ३५ जना बालबालिका साइबर दुर्व्यवहारमा परेको भनी उजुरी दर्ता भएका थिए । जसमा दुई सय ५३ बालक थिए भने तीन सय ८२ बालिका थिए । त्यसैगरी १८ वर्षभन्दा माथिका आठ हजार सात सय ४५ जना महिलाले दुर्व्यवहार भोगेको तथ्याङ्क छ । नेपालमा भएका ८१ प्रतिशतभन्दा बढी अनलाइन दुर्व्यवहारका घटना फेसबुकमार्फत हुने गरेको तथ्याङ्कले देखाएको छ ।

भ्वाइस अफ चिल्ड्रेन र केएनएच जर्मनीले पाँच सय १४ जना बालबालिका, परिवार तथा बालसंरक्षण र बालन्यायसँग सम्बन्धित सरोकारवालासँग गरेको अध्ययनअनुसार १३ वर्षदेखि १८ वर्ष उमेर समूहका ९५५ प्रतिशत बालिका र ४५ प्रतिशत बालक०मध्ये ९७ प्रतिशत इन्टरनेटको पहुँचमा छन् । जसमा बालिकामध्ये ३८ दशमलव ६० प्रतिशतले यौनजन्य सन्देशहरु, ३४ प्रतिशतले अश्लील तस्बीरहरु, १३ दशमलव ६० प्रतिशतले अश्लील लिङ्क र भिडियोहरु तथा ६ दशमलव ८० प्रतिशतले अनलाइनबाट अन्य दुर्व्यवहार र शोषणमा परेको बताएका छन् ।

बालकहरुमा ३२ दशमलव ३० प्रतिशतले यौनजन्य सन्देशहरु, २९ दशमलव २० प्रतिशतले अश्लील तस्बीरहरु, १५ दशमलव ४० प्रतिशतले अश्लील लिङ्क र भिडियोहरु आएको तथा ६ दशमलव २० प्रतिशतले अनलाइनबाट अन्य दुव्र्यवहार र शोषणमा परेको बताएका छन् ।

अध्ययनमा सहभागी अभिभावकमध्ये ९९ प्रतिशतले आफूहरु इन्टरनेटको सुविधा भएको, अनलाइन बालयौन दुर्व्यवहारबारे जानकारी भए पनि कानुनी प्रावधानहरु, उजुरी प्रक्रिया, इन्टरनेट सेवा प्रदायकको भूमिका, डिजिटल साक्षरता, अभिभावकीय शिक्षाजस्ता विषयमा जानकारी नभएको पाइएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ७ : ३० बजे

बिरामी भएर बिस्तरामा दिसापिसाव गरेको भन्दै भाई र बहिनीले गरे दाईको कुटीकुटी हत्या

बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र

होटल कलपत्रुले नेपालगन्जमा ‘न्यु इयर ईभ’ आयोजना गर्दै

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको चारतारे होटल कलपत्रुले नेपालगन्जमा अंग्रेजी

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौं । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको