२१ माघ २०८२, बुधबार | February 4, 2026

विराटनगरमा सोरुम फुटाएर कार चोरी, एक जना युवा पक्राउ



विराटनगर । विराटनगरमा सोरुम फुटाएर कार चोरी गर्ने युवा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–३ स्थित पिपलचोक क्षेत्रबाट नयाँ कार चोरी भएको जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर हेमराज ओलीले जानकारी दिए ।

पूजा इन्टरनेसनल नेपाल प्रा।लिको सोरुमबाट फोक्स बगान ब्रान्डको बा ०१३० च ८५८१ नम्बरको नयाँ गाडी चोरी भएको थियो । यसको बजार मूल्य ८० लाख रहेको बताइन्छ ।

घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको बताइएको छ । बिहीबार राति करिब २ बजेतिर गेट खोलेर भित्र छिरेका व्यक्तिले सिसाको ढोका फुटाएर कार लग्दै गरेको सीसी क्यामेरा फुजेटमा देखिएको थियो ।

घटनामा संलग्न भएको आरोपमा सुनसरीको गढी गाउँपालिका-४ स्थायी घर भइ हाल विराटनगर-४ बस्ने २४ वर्षीय मन्तोषकुमार बिन पक्राउ परेका छन् । उनी गाडीसहित सुनसरीबाट पक्राउ परेका हुन् । इन्धन सकिएर रोकिराखेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कार विराटनगर नै फिर्ता ल्याइएको इन्सपेक्टर ओलीले बताए ।‌

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ४ : ३२ बजे

काठमाडौंबाट उड्नासाथ टर्किस एयरलाइन्सको इन्जिनमा आगलागी, कोलकाता डाइभर्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको

कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

गण्डकी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता

निर्वाचन प्रचारमा सामाजिक सञ्जालको दुरुपयोगप्रति एमालेको गम्भीर चिन्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१

संसद् पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले संसद् पुनर्स्थापनासम्बन्धी रिटमा