५ पुस २०८२, शनिबार | December 20, 2025

विराटनगरमा सोरुम फुटाएर कार चोरी, एक जना युवा पक्राउ



विराटनगर । विराटनगरमा सोरुम फुटाएर कार चोरी गर्ने युवा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–३ स्थित पिपलचोक क्षेत्रबाट नयाँ कार चोरी भएको जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर हेमराज ओलीले जानकारी दिए ।

पूजा इन्टरनेसनल नेपाल प्रा।लिको सोरुमबाट फोक्स बगान ब्रान्डको बा ०१३० च ८५८१ नम्बरको नयाँ गाडी चोरी भएको थियो । यसको बजार मूल्य ८० लाख रहेको बताइन्छ ।

घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको बताइएको छ । बिहीबार राति करिब २ बजेतिर गेट खोलेर भित्र छिरेका व्यक्तिले सिसाको ढोका फुटाएर कार लग्दै गरेको सीसी क्यामेरा फुजेटमा देखिएको थियो ।

घटनामा संलग्न भएको आरोपमा सुनसरीको गढी गाउँपालिका-४ स्थायी घर भइ हाल विराटनगर-४ बस्ने २४ वर्षीय मन्तोषकुमार बिन पक्राउ परेका छन् । उनी गाडीसहित सुनसरीबाट पक्राउ परेका हुन् । इन्धन सकिएर रोकिराखेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कार विराटनगर नै फिर्ता ल्याइएको इन्सपेक्टर ओलीले बताए ।‌

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ४ : ३२ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता