५ चैत्र २०८१, मंगलबार | March 18, 2025

पत्रकारको नाममा सूचना माग्दै बार्गेनिङ गर्ने प्रवृत्ति पनि छ : प्रमुख सूचना आयुक्त आचार्य



हेटौडा । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद आचार्यले सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्ने बताएका छन् । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आज हेटौँडामा आयोजना गरेको सूचनाको हकको व्यवहारिक कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उनले आफू, आमनागरिक र समाजलाई सुसूचित गर्न मर्यादित रूपमा सूचनाको माग र प्रयोग हुनुपर्ने बताए ।

“सूचनाको वर्गीकरण हुन्छ, दिने वा नदिने खालका सूचना छुट्याएर गोपनियता कायम गरी मागकर्तालाई सूचना उपलब्ध गराइनुपर्छ”, उनले भने,“सूचना मागको प्रयोजन केका लागि हो, त्यो खुल्नुपर्छ । मागकर्ताले माग गरेका सबै सूचना नपाइने पनि हुनसक्छन् ।”

पछिल्लो समय सूचना माग्ने नाममा भइरहेका गलत नियत र विकृतिलाई निरुपण गर्न आयोग थप सक्रिय रूपमा लागिरहेको आचार्यले बताए । “पत्रकारको नाममा सूचना माग्दै बाग्रेनिङ गर्ने प्रवृत्ति पनि छ । जिल्लामा बदनाम भएका व्यक्ति अभियन्ताको नाममा सम्मान लिँदै गर्दा विगतमा आयोगप्रति प्रश्न उठेको थियो । अब त्यस्तो हुँदैन । हामी तीनै जना सञ्चारक्षेत्रबाट आएका छौँ, पत्रकारले के का लागि सूचना माग्ने हो हामीलाई राम्रोसँग थाहा छ”, उनले भने ।

महासङ्घका अध्यक्ष उमिदप्रसाद बागचन्दको अध्यक्षतामा भएको कार्यक्रममा ४० भन्दा बढी जिल्लाका सूचना अभियानकर्मी तथा महासङ्घका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ८ : २७ बजे

लिङ्देनले बहिस्कार गर्दा कमल थापाले दिए नवराज सुबेदी नेतृत्वको राजावादी आन्दोलनलाई मान्यता

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समिति

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी

नेप्से परिसूचकमा निरन्तर गिरावट

काठमाडौँ । यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल