२१ भदौ २०८३, आइतबार | September 7, 2026

पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी



पाल्पा । जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँ चालु आर्थिक वर्षको पुस २९ गतेसम्म ५३ वटा साइबर अपराधका उजुरी परेका हुन् ।

विसं २०८० फागुन ७ देखि २०८१ पुस २९ गतेसम्म सोसम्बन्धी ५३ वटा उजुरी दर्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताए । दर्ता भएकामध्ये ‘फेसबुक ह्याकिङ’ सम्बन्धी १६ र अन्य ३७ उजुरी रहेका छन् ।

साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म १७ वटा मात्र फछ्र्यौट भएको प्रहरी उपरीक्षक चन्दले बताए । सामाजिक सञ्जाल ‘फेसबुक, ट्विटर, युट्यूब, म्यासेन्जर, इमो, इन्स्ट्राग्राम, अनलाइन, इमेल, एटिएम, भाइबर र ह्वाट्सएप’मार्फत साइबर अपराधका घटना हुने गरेका छन् ।

सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिने यस्ता प्रवृत्ति र अपराधका नयाँ शैलीले साइबर अपराध अनुसन्धान कार्यलाई चुनौती थपेको उपरीक्षक चन्दको भनाइ छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १० : ३७ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त