२० मंसिर २०८२, शनिबार | December 6, 2025

भारतको नयाँ दिल्ली रेल्वे स्टेशनमा भागदौड; १८ जनाको मृत्यु, कैयौं घाइते



नयाँदिल्ली । भारतको राजधानी दिल्लीस्थित नयाँ दिल्ली रेल्वे स्टेशनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको छ । घटनामा कैयौं मानिस घाइते भएका छन् ।

शनिवार राति भएको भागदौडमा कम्तीमा १८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यम द हिन्दुले जनाएको छ । लोक नायक जयप्रकाश (एलएनजेपी) अस्पतालका प्रमुख आकस्मिक चिकित्सा अधिकृतका अनुसार अन्य ११ जना घाइते भएका छन्।

दिल्ली दमकल सेवा प्रमुख अतुल गर्गका अनुसार भागदौडको कारण अझै स्पष्ट छैन। तर प्रारम्भिक रिपोर्टहरूअनुसार प्रयागराजका लागि जाने दुईवटा रेल रद्द गरिएका कारण दुईवटा प्लेटफर्ममा अत्यधिक भीडभाड र अफरातफरीको स्थिति सिर्जना भएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्ली रेल्वे स्टेशनमा भागदौडमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। रक्षामन्त्री राजनाथ सिंहले पनि घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।

गृहमन्त्री अमित शाहले घटनाबारे रेल मन्त्री अश्विनी वैष्णव र अन्य अधिकारीहरूसँग छलफल गरेको बताएका छन्। उनले भने, ‘दिल्लीका उपराज्यपाल र प्रहरी प्रमुखसँग कुरा गरेर प्रभावितलाई आवश्यक सहायता पुर्‍याउन निर्देशन दिइएको छ। मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दछु र घाइतेहरूलाई सम्पूर्ण उपचारको व्यवस्था गरिएको छ।’

घटनाका प्रत्यक्षदर्शी मनोरञ्जन झाले भने, ‘म राति ९:५ बजे स्टेशनमा पुगेको थिएँ। त्यतिबेला त्यहाँ ठूलो भीड थियो। मेरी आमा झण्डै भीडमा कुल्चिनै लागेकी थिइन तर हामी जोगियौँ।’ बाहिर निस्किने बाटोबाटै मानिसहरू प्रवेश गरिरहेका थिए। एक ट्रेन गएपछि स्थिति झन् बिग्रियो। हाम्रै अगाडि एक वृद्ध महिला बेहोश भइन्।’

अर्की प्रत्यक्षदर्शी रूबी देवीले भनिन्, ‘हामी १३ नम्बर प्लेटफर्ममा थियौँ। त्यहाँ यति धेरै भीड थियो कि हामी भित्र पस्नै सकिनौँ। भागदौडको स्थिति थियो, तर हामी जोगियौँ।’

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ८ : ४५ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल