४ पुस २०८२, शुक्रबार | December 20, 2025

बेलुन पड्किएर घाइते अर्थमन्त्री पौडेल र मेयर आचार्य भेट्न अस्पताल पुगे राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् ।

शनिबार पोखरामा बेलुन पड्किएर जलन भई आईसियुमा उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य स्थिति बुझ्न राष्ट्रपति पौडेल अस्पताल पुगेका हुन् ।

राष्ट्रपति पौडेललाई स्वास्थ्य सचिव रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए ।

शरीरको अनुहार, घाँटी र हत्केला जलेर पौडेल र आचार्यलाई शनिबार नै हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो । पोखरा भ्रमण वर्षको उद्घाटन गर्नेक्रममा हाइड्रोजन ग्यास भरिएको बेलुनको झुप्पोमा आगो लाग्दा पड्किएर पौडेल र आचार्य घाइते भएका हुन् । दुवैलाई ४८ घन्टा सघन कक्षमा राखेर उपचार गरिने अस्पतालले जनाएको छ । दुवैको अवस्था खतरामुक्त रहेको अस्पतालले जारी गरेको नोटिसमा उल्लेख छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ११ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको