१३ आश्विन २०८३, मंगलबार | September 29, 2026

डिस्चार्ज हुँदै अर्थमन्त्री पौडेलले भने : ‘महानगर प्रमुख धनराज आचार्यको शीघ्र स्वास्थ्य लाभको कामना’



नेपालगन्ज । उपप्रधान तथा अर्थमन्त्रधी विष्णु पौडेलले आफ्नो उपचारमा संलग्न तथा स्वास्थ्य लाभको कामना गर्नेहरु प्रति आभार प्रकट गरेका छन् । कीर्तिपुर वर्न अस्पतालबाट डिस्चार्ज लिँदै अर्थमन्त्री पौडेलले सामाजिक सञ्जालबाट आभार प्रकट गरेका हुन् ।

उनले घटना पश्चात् उपचारमा संलग्न भएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत व्यवस्थापनमा सहयोग गर्ने र स्वास्थ्य लाभको कामना गर्ने सबै प्रति आभार प्रकट गरेका हुन् ।

‘२०८१ साल फागुन ३ गते पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष-२०२५’ को औपचारिक घोषणा कार्यक्रममा बेलुन बिस्फोट भई म र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भयौं । घटना लगत्तै पोखराको गण्डकी मेडिकल कलेजमा प्राथमिक उपचार र काठमाडौंको कीर्तिपुर अस्पतालमा थप उपचारका गरि आज फागुन ५ गते डिस्चार्ज भएको छु,’ उनले लेखेका छन्, ‘घटना पश्चात् उपचारमा संलग्न हुनुभएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत व्यवस्थापनमा सहयोग गर्नुहुने र स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्ण आदरणीय महानुभावहरुप्रति आभार व्यक्त गर्दछु ।’

शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्ष कार्यक्रमको उद्घाटन समारोहमा बेलुन उडाएर उदघाटन गर्ने क्रममा विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए । उनीहरूलाई तत्काल पोखरामै प्राथमिक उपचार गराएर थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ६ : १७ बजे

दीपक मनाङे देउवा कांग्रेस प्रवेश, मनाङमा अधिवेशन गर्ने जिम्मा

काठमाडौं । ज्यान मुद्दामा अदालतले तोकेको सजाय पूरा गरी निस्किएको

मध्यपहाडी लोकमार्गको कुश्मा-मालढुंगाखण्ड अवरुद्ध हुँदा बढ्यो सास्ती

पोखरा । बागलुङको गलकोट नगरपालिका-१ दुदिलाभाटीकी छममाया बुढाथोकीलाई नियमित स्वास्थ्य

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार राताम्मे

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको सभापतिमा गणेश पराजुलीको एकल उम्मेदवारी

काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन