काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर विस्फोट हुँदा घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अनुहारमा चोट लागेकाले केही दिन अस्पतालमा बस्नु पर्ने भएको छ । घाइते भएका उनीहरुलाई आजै कीर्तिपुरस्थित बर्न अस्पताल ल्याएर उपचार जारी रहेको छ ।
अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै प्रारम्भिक मूल्यांकनअनुसार दुर्घटनामा परेर दुबैजनाको पुरा शरिरमा ५(६ प्रतिशत जलेको, तर अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्नसक्ने सम्भावना भएकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको जनाएको छ । उनीहरुको अहिले अस्पतालमा सघन उपचार भइरहेको अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीले बताए ।
पोखरामा घटनालगत्तै मन्त्री पौडेल र मेयर आचार्यलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर विस्फोट हुँदा अर्थमन्त्रधी पौडेल र पोखरा महानगर प्रमुख आचार्य घाइते भएका थिए ।
प्रतिक्रिया