१० चैत्र २०८२, मंगलबार | March 24, 2026

अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्यसँगको भेटघाटमा रोक



काठमाडौं । कीर्तिपुर अस्पतालमा उपचार जारी रहेका अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँगको भेटघाटलाई रोक लगाइएको छ । संक्रमण बढ्ने जोखिम भएको भन्दै अस्पतालले भेटघाटमा रोक लगाएको हो ।

अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा. किशोर नकर्मी र मेडिकल डाइरेक्टर डा. निजीता ताम्राकारले आज एक विज्ञप्ति जारी गर्दै संक्रमण बढ्ने जोखिम भएकाले अहिलेलाई भेटघाटका कार्यक्रम बन्द गरिएको उल्लेख छ । विज्ञप्तिमा हिजोको तुलनामा उनीहरूको स्वास्थ्य सुधार भएको तर घाउको अवस्था भने आज ड्रेसिङ भएपछि मात्रै जानकारी गराइने अस्पतालले जनाएको छ ।

शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्ष कार्यक्रमको उद्घाटन समारोहमा बेलुन उर्डार उदघाटन गर्ने क्रममा विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए ।

उनीहरूलाई तत्काल पोखरामै प्राथमिक उपचार गराएर थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उनीहरूको उपचार जारी छ ।

‘हाललाई अवस्था सामान्य भएतापनि संक्रमण हुने भएको हुदाँ हाललाई भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रुपमा बन्द गरिएको छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उपचारमा प्रा. डा. वि।डी झा, डा. प्रविण गिरी लगायतका सघन उपचार कक्षको टोली, प्रा. डा. शंकर मान राई, डा. विशाल कार्की, डा. मनिय यादव लगायतको जलन विशेषज्ञहरूको टोली, डा. प्रयुस अर्याल लगायतका आकस्मिक उपचार टोली, डा. रिना गौचन, निर्मला कुंवर, तृष्णा महर्जन लगायतको नसिंङ टोली संलग्न रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १ : ४८ बजे

बर्दियाको गणेशपुरमा प्रहरी र स्थानीयबीच झडप, कम्तीमा १० सुरक्षाकर्मी घाइते

बर्दिया । नेपालगन्ज-गुलरिया सडक खण्डको बर्दियाको गणेशपुरमा स्थानीयबासी र प्रहरीबीच

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा