४ पुस २०८२, शुक्रबार | December 20, 2025

डिस्चार्ज हुँदै अर्थमन्त्री पौडेलले भने : ‘महानगर प्रमुख धनराज आचार्यको शीघ्र स्वास्थ्य लाभको कामना’



नेपालगन्ज । उपप्रधान तथा अर्थमन्त्रधी विष्णु पौडेलले आफ्नो उपचारमा संलग्न तथा स्वास्थ्य लाभको कामना गर्नेहरु प्रति आभार प्रकट गरेका छन् । कीर्तिपुर वर्न अस्पतालबाट डिस्चार्ज लिँदै अर्थमन्त्री पौडेलले सामाजिक सञ्जालबाट आभार प्रकट गरेका हुन् ।

उनले घटना पश्चात् उपचारमा संलग्न भएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत व्यवस्थापनमा सहयोग गर्ने र स्वास्थ्य लाभको कामना गर्ने सबै प्रति आभार प्रकट गरेका हुन् ।

‘२०८१ साल फागुन ३ गते पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष-२०२५’ को औपचारिक घोषणा कार्यक्रममा बेलुन बिस्फोट भई म र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भयौं । घटना लगत्तै पोखराको गण्डकी मेडिकल कलेजमा प्राथमिक उपचार र काठमाडौंको कीर्तिपुर अस्पतालमा थप उपचारका गरि आज फागुन ५ गते डिस्चार्ज भएको छु,’ उनले लेखेका छन्, ‘घटना पश्चात् उपचारमा संलग्न हुनुभएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत व्यवस्थापनमा सहयोग गर्नुहुने र स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्ण आदरणीय महानुभावहरुप्रति आभार व्यक्त गर्दछु ।’

शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्ष कार्यक्रमको उद्घाटन समारोहमा बेलुन उडाएर उदघाटन गर्ने क्रममा विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए । उनीहरूलाई तत्काल पोखरामै प्राथमिक उपचार गराएर थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ६ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको