२९ मंसिर २०८२, सोमबार | December 15, 2025

जाजरकोट भूकम्पपछिको पुनर्निर्माण सुरु



काठमाडौं । जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण सुरु गरिएको छ । डोटीमा ६०० भन्दा बढी लाभग्राहीसँग सम्झौता भइसकेको र केही दिनमा अनुदान रकम पठाउने तयारी गरिएको छ ।

अन्य जिल्लाहरु जाजरकोट र रुकुमपश्चिममा क्षतिको विवरण सङ्कलन भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा भीष्मकुमार भुसालले जानकारी दिए। डोटीमा गत वर्ष नै क्षति विवरण सङ्कलन गरिएकामा उक्त तथ्याङ्कलाई पुनः परीक्षण गरेर पुनर्निर्माण अघि बढाइएको उनले बताए । उनका अनुसार डोटीमा नौ हजार हाराहारीमा लाभग्राही छन् ।

जाजरकोट र रुकुमपश्चिममा पुनर्निर्माणका लागि पहिलो चरणको विवरण सङ्कलन भइरहेको र अब पुनर्निर्माण सुरु हुने कार्यकारी प्रमुख भुसालले जानकारी दिए । उनका अनुसार पश्चिम नेपालमा भूकम्पबाट क्षति भएका निजी घरहरुको विस्तृत विवरण सङ्कलनमा विपद् अध्ययन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय र प्राधिकरणबीच सम्झौता गरी काम भइरहेको छ ।

यकिन विवरण सङ्कलन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव वेदनिधि खनाल, सुदीपविक्रम भट्ट र रामबहादुर केसीसहितको टोलीले स्थलगत रुपमा जाजरकोट पुगेर सोमबार पहिलो चरणमा खटिने प्राविधिकलाई तालिम सञ्चालन गरेका छन् ।

उनीहरुले स्थानीय तह, सहरी विकास मन्त्रालय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाबाट खटिएका इन्जिनियरलाई तालिम सञ्चालन गर्नुभएको हो । रुकुमपश्चिमका लागि पनि टोली खटाइसकिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ११ : ४१ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर