२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बुढानिलकण्ठमा कोठा भाडामा लिएर अनलाइन जुवा सञ्चालन, २४ भारतीय पक्राउ



काठमाडौं । अनलाइन जुवा खेलाएर डेढ अर्बभन्दा बढीको कारोबार गरेको आरोपमा प्रहरीले २४ जना भारतीयलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुढानिलकण्ठ नगरपालिका–५ स्थित एक घरमा छापा मारेर मंगलबार भारतीयहरूलाई पक्राउ गरेको हो।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतका अनुसार पक्राउ परेका २२ जना बिहार राज्य र एक ज दुई जना उत्तरप्रदेशका हुन्।

विश्वभर सञ्चालन हुने अनलाइनहरूमा बेटिङ साइटको प्रयोग गरी एजेन्टसँग सम्पर्क गरेर उनीहरूले जुवा खेलाएको बस्नेतले बताए।

‘उनीहरूले ह्वाट्सएप र टेलिग्राममा सम्पर्क गरेर अनलाइन जुवा खेलाएको देखिएको छ, हारजित भएको रकम भारतका विभिन्न बैंक खातामा जम्मा भएको र निकालेको देखिन्छ,’ बस्नेतले भने।

बस्नेतका अनुसार भारतीयहरूले घर नै भाडामा लिएर अनलाइन जुवा खेलाइरहेको पाइएको छ। उनीहरूले हालसम्म एक अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ अनुसार जुवा र सट्टाबाजी गर्न नहुने तथा विदेशी विमिमय नियमित गर्ने ऐन २०१९ अनुसारको कसुरमा पक्राउ परेकाहरूमाथि अनुसन्धान थालिएको छ।

कार्यालयले २४ जनालाई नै थप कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाएको छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ४ : ०३ बजे

एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह

कृष्णभीरको अवरोधले लमजुङ-काठमाडौं यात्रा कष्टकर

लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ-काठमाडौं यात्रा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

काठमाडौं । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं