४ पुस २०८२, शुक्रबार | December 20, 2025

केवलकार निर्माणको विरोधमा पाथीभरासम्म पदयात्रा



फुङ्लिङ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा बिहीबार फुङ्लिङ नगरपालिकाबाट पाथीभारा मन्दिरसम्म विरोधी पदयात्रा सम्पन्न भएको छ।

पदयात्रामा करिब ३०० जना सहभागी भएका थिए, जसमा पार्टीका नेता रमन पाण्डय, अनुप सुब्बा, सी एम थारु, सन्तोष मेहता, चन्द्र प्रसाद राजवंशी, बेबी राज भण्डारी, स्थानीय नेता/कार्यकर्ता, मुकुम्लुङ केवलकार संघर्ष समिति, विद्यार्थी, समाजसेवी तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको नेता केशव झाले बताए ।

पदयात्राको मुख्य उद्देश्य मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोध गर्नु रहेको थियो। सहभागीहरूले परियोजनाले स्थानीय सभ्यता, संस्कार, परम्परा तथा धार्मिक आस्थामा असर पार्ने भएकाले यसको विरोध जनाएका थिए। उनीहरूले स्थानीय संस्कृति र इतिहासको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।

‘मुकुम्लुङको संस्कृति तथा चोत्लुङ सभ्यता नष्ट गर्ने कार्य कुनै पनि हालतमा सह्य हुने छैन। जबसम्म केवलकार निर्माण कार्य बन्द हुँदैन, तबसम्म हाम्रो संघर्ष जारी रहनेछ,’ राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष महतोले भने ।

नेताहरूले नेपाल सरकारलाई सचेत गराउँदै केवलकार परियोजना रोक्न र स्थानीय सभ्यता जोगाउन आवश्यक कदम चाल्न आग्रह गरेका छन्। उनीहरूले राज्यले नागरिकका आवाजलाई नसुनिएको खण्डमा आन्दोलन थप सशक्त बनाइने चेतावनी दिएका छन्। स्थानीयबासीले पनि परियोजनाको विरोध जनाएका छन्।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  १ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको