४ पुस २०८२, शुक्रबार | December 20, 2025

एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा



काठमाडौँ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले कुल रू ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गर्दा रू आठ खर्ब ६१ अर्ब ३८ करोड घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था प्रतिवेदनअनुसार यो अवधिमा रू नौ खर्ब ८८ अर्ब ५८ करोडको आयात र रू एक खर्ब २७ अर्ब २० करोडको निर्यात भएको हो । विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १० दशमलव ०९, निर्यात ४६ दशमलव ५० र कूल वैदेशिक व्यापार १३ दशमलव ३० प्रतिशतले बढेको छ । त्यस्तै, गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कुल वैदेशिक व्यापारघाटा छ दशमलव २० प्रतिशतले बढेको छ । कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ८८ दशमलव ६० र निर्यातको हिस्सा ११ दशमलव ४० प्रतिशत रहेको छ ।

सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग मात्र नेपालले यो अवधिमा रु चार खर्ब ९८ अर्ब ३४ करोड व्यापार घाटा व्यहोरेको विभागको तथ्याङ्कबाट देखिन्छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा भारतबाट रु पाँच खर्ब ९६ अर्ब ३५ करोडको वस्तु आयात हुँदा रू ९८ अर्ब ७५ करोड बराबरको निर्यात भएको छ । त्यस्तै, चीनसँगको व्यापार घाटा रु एक खर्ब ९० अर्ब ४४ करोड बराबर छ । पछिल्लो सात महिना अवधिमा चीनबाट रू एक खर्ब ९२ अर्ब ४५ करोडको वस्तु आयात हुँदा रू दुई अर्बको मात्रै निर्यात भएको छ । अर्जेन्टिना, युक्रेन, संयुक्त अरब ईमिरेट्स, अस्ट्रेलियालगायत मुलुकसँगको व्यापारघाटा उच्च छ ।

नेपालले ३५ वटा मुलुकसँगको वैदेशिक व्यापारमा नाफा गरिरहेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सबैभन्दा धेरै व्यापार नाफा अफगानस्तानसँग छ । अफगानस्तानसँग सात महिनामा रु एक करोड २४ लाखको आयात र रु ५९ करोड ४५ लाखको निर्यात भएको छ । डेनमार्क, रसियन फेडेरेसन, अस्ट्रिया, नर्वे, माल्दिभ्सलगायत देशहरुसँग व्यापार नाफा बढी रहेको छ ।

विभागको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । यो अवधिमा रु २९ अर्ब ४५ करोड १६ लाखको डिजेल, रू २४ अर्ब ५८ करोड ३२ लाखको पेट्रोल र रु छ अर्ब ६१ करोड ६५ लाखको एलपि ग्यास आयात भएको छ । त्यस्तै, रु पाँच अर्ब ५० करोड ९० लाख बराबरको विद्युतीय सवारीसाधन र रु पाँच अर्ब ४३ करोड ४१ लाखको अन्य सवारीसाधन आयात भएको छ । सात महिनामा रु तीन अर्ब ५३ करोड ९७ लाख बराबरको स्मार्टफोन आयात भएको पनि विभागले जनाएको छ ।

नेपालले बढी निर्यात गरेका वस्तुहरुमा भटमास तेल पहिलो स्थानमा छ । माघ मसान्तसम्ममा रु ३२ अर्ब ४१ करोड ५७ लाख बराबरको सोयाबिन तेल निर्यात भएको छ । त्यस्तै, रु छ अर्ब ५७ करोड ६७ लाखको सूर्यमुखी तेल, रु पाँच अर्ब ३८ करोड ८० लाखको अलैँची, रु तीन अर्ब ८९ करोड ५२ लाखको कार्पेट, रु तीन अर्ब १० करोडको धागो र रु तीन अर्ब बराबरको चिया निर्यात भएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  २ : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको