३१ श्रावण २०८३, आइतबार | August 16, 2026

रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको अध्यक्षमा राजकुमार श्रेष्ठ पुनः चयन



बुटवल । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको अध्यक्षमा राजकुमार श्रेष्ठ पुनः चयन भएका छन् । शनिवार सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरको हो ।

संघको उपाध्यक्षमा मनोज अग्रवाल, सचिवमा आशिष श्रेष्ठ, कोषाध्यक्षमा उत्तम गुरुङ्ग निर्वाचित भएको निर्वाचन समितिका संयोजक सितुप्रसाद श्रेष्ठले बताए । यस्तै सदस्यमा सुरज दास नापित, सन्दिप कोइराला, सुप्रिया श्रीश, यमसरी थापा, सुदिप श्रेष्ठ, शुसिल बाबु श्रेष्ठ, रोशन रेग्मी, राज कुमार श्रेष्ठ, मनोज अग्रवाल आशिष श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक श्रेष्ठले बताए ।

अधिवेशनको उद्घाटन लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष सितुप्रसाद श्रेष्ठले गरेका थिए । सो अवसरमा बोल्दै श्रेष्ठले बुटवललाई शारीरिक सुगठनको हवको विकास गर्ने आफु लागि परेको बताए । केन्द्रिय तालिका अनुसार नै कार्ययोजना बनाएर प्रदेश र जिल्लाका खेल कार्यक्रम संचालन गर्ने गरेको बताए ।

राष्ट्रिय खेलका लागि सहयोग हुने गरी जिल्ला र प्रदेशका खेलाडीहरुलाई तयारी अवस्थामा राख्नका लागि कार्ययोजना बनाएर जिल्लाको एक महिना अघि जिल्लाको र एक महिना पछि प्रदेशको खेल आयोजना गर्न लागेको अध्यक्ष श्रेष्ठले बताए । साथै शारीरिक सुगठन तथा फिटनेश संघले सम्पूर्ण जीम व्यवसायीहरुको अभिभावकत्व लिने समेत प्रतिबद्धता व्यक्त गरे ।

यस्तै जिल्ला खेलकुद विकास समिति रुपन्देहीका प्रमुख चन्द्रकान्त आचार्यले शारीरिक सुगठन तथा फिटनेश संघलाई सक्दो आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष राजकुमार श्रेष्ठले सबै जिप व्यवसायीहरुको हक, हित र संरक्षणका लागि आफु निरन्तर रुपमा लागि पर्ने बताए ।

यसैबिच फागुन १७ गते शनिबार हुने तेस्रो मिष्टर उजिर सिंह रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिता-२०८१ को तयारी पुरा भएको छ । संघका अध्यक्ष राजकुमार श्रेष्ठले कर्णेल उजिरसिंह र जितगढी किल्लाको सामरिक महत्त्वलाई थप उजागर गर्ने र खेललाई पर्यटन प्रवद्र्धनमा जोडने उद्देश्य प्रतियोगिता गर्न लागेको बताए ।

जितगढी किल्ला परिसरमा ५ वटा वजन समूहमा प्रतियोगितामा हुने संघका सचिव आशिष श्रेष्ठले बताए । जसमा ५५, ६०, ६५, ७० र ७० भन्दा केजी भन्दा बढी तौल समूह गरि पाँच तौल समुहमा प्रतियोगिता हुने छ । प्रतियोगितामा ओभर अल विजेताले नगद ५१ हजार रुपैया,मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि तौल समुहमा प्रथम द्वितीय, तृतीय, हुने खेलाडीले क्रमशः १० हजार, ८ हजार, ५ हजार नगद पुस्कार, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने संघका उपाध्यक्ष मनोज अग्रवालले बताए । प्रथम मिष्टर उजिरसिंहमा सुनिल आले विजेता रहेका थिए भने दोश्रो संस्करण स्यामुल गुरुङले जितेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ८ : २७ बजे

उद्योग र विभिन्न केन्द्रमार्फत निगमको आफै ग्यास बेच्ने निर्णयले अभाव थप जटिल

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ

‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’ झपट रावलको ओलीलाई कडा प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका

जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा खसेको लेदोसहितको