४ पुस २०८२, शुक्रबार | December 20, 2025

अशोक राई नेतृत्वको जसपा केन्द्रीय कार्यालय ग्वार्को चोकमा



काठमाडौं। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यालय ललितपुरको ग्वार्को चोकमा सरेको छ ।

पार्टी कार्यालयको आइतबार पार्टी अध्यक्ष अशोककुमार राईले उद्घाटन गरेका छन् ।

सो अवसरमा पार्टीका शीर्ष नेताहरू, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति रहेको नेता प्रदीप यादवले जानकारी दिए । पार्टी कार्यालय उद्घाटनपछि भएको छलफलमा जसपा नेताहरूले पार्टीको आगामी यात्रा, संगठन सुदृढीकरण, र जनसेवामा केन्द्रित योजनाहरूको चर्चा गरे।

नयाँ कार्यालयले पार्टीको संगठनात्मक कार्यहरूलाई अझ व्यवस्थित बनाउन तथा प्रभावकारी रूपमा जनताको सेवा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको यादवले बताए । राई नेतृत्वको जसपा उपेन्द्र यादवसँग अलग भएको हो । एकीकृत हुँदा जसपाको केन्द्रीय कार्यालय ललितपुरकै बालकुमारीमा थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १ : १० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको