१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बुटवलमा आजदेखी अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता शुरु



बुटवल । बुटवल उपमहानगरको आयोजनामा आइतबारदेखि दोस्रो नगर।स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको समुद्घाटन गर्दै उपमहानगरका प्रमुख खेलराज पाण्डेयले विद्यालय स्तरबाटै लोक सँस्कृति र कलाको विकासका लागि प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे । उपप्रमुख सावित्रादेवि अर्यालले बुटवलको शैक्षिक विकासका लागि सैद्धान्तिक मात्र नभई व्यवहारिक शिक्षालाई समेत जोड दिइएको उल्लेख गरिन ।

उपमहानगरले लोक संस्कृति र खेलकुदको विकासका लागि विद्यालय स्तरमा हुने गतिविधिलाई प्राथमिकता दिएको बताए । लोक नृत्य प्रतियोगितामा शनिबार २८ वटा सामुदायिक विद्यालयले प्रतिस्पर्धा गरेका छन् । २ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सोमबार २२ वटा संस्थागत विद्यालयहरु बीच प्रतिस्पर्धा हुने सामाजिक विकास महाशाखा प्रमुख तथा कार्यक्रम संयोजक दामोदर ज्ञवालीले जानकारी दिए । प्रतियोगितामा कलाकारहरु दुर्गा रायमाझी, डिल्लीनारायण पाण्डे र कृष्ण रेउले निर्णायकको भूमिकामा रहेका छन् ।

प्रतियोगितामा संस्थागत तथा सामुदायिक विद्यालय गरि दुई फरक-फरक समुहबाट प्रथम हुनेलाई नगद राशी ७५ हजार, दोस्रो हुनेलाई ५० हजार तथा तृतीय स्थान हासिल गर्नेलाई ३५ हजार र सान्त्वना हुने विद्यालयलाई २५ हजार नगद राशी प्रदान गरिने छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  २ : ४२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा