५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बुटवलमा आजदेखी अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता शुरु



बुटवल । बुटवल उपमहानगरको आयोजनामा आइतबारदेखि दोस्रो नगर।स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको समुद्घाटन गर्दै उपमहानगरका प्रमुख खेलराज पाण्डेयले विद्यालय स्तरबाटै लोक सँस्कृति र कलाको विकासका लागि प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे । उपप्रमुख सावित्रादेवि अर्यालले बुटवलको शैक्षिक विकासका लागि सैद्धान्तिक मात्र नभई व्यवहारिक शिक्षालाई समेत जोड दिइएको उल्लेख गरिन ।

उपमहानगरले लोक संस्कृति र खेलकुदको विकासका लागि विद्यालय स्तरमा हुने गतिविधिलाई प्राथमिकता दिएको बताए । लोक नृत्य प्रतियोगितामा शनिबार २८ वटा सामुदायिक विद्यालयले प्रतिस्पर्धा गरेका छन् । २ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सोमबार २२ वटा संस्थागत विद्यालयहरु बीच प्रतिस्पर्धा हुने सामाजिक विकास महाशाखा प्रमुख तथा कार्यक्रम संयोजक दामोदर ज्ञवालीले जानकारी दिए । प्रतियोगितामा कलाकारहरु दुर्गा रायमाझी, डिल्लीनारायण पाण्डे र कृष्ण रेउले निर्णायकको भूमिकामा रहेका छन् ।

प्रतियोगितामा संस्थागत तथा सामुदायिक विद्यालय गरि दुई फरक-फरक समुहबाट प्रथम हुनेलाई नगद राशी ७५ हजार, दोस्रो हुनेलाई ५० हजार तथा तृतीय स्थान हासिल गर्नेलाई ३५ हजार र सान्त्वना हुने विद्यालयलाई २५ हजार नगद राशी प्रदान गरिने छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  २ : ४२ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान