५ श्रावण २०८३, मंगलबार | July 21, 2026

सामुदायिक विद्यालयतर्फ कान्ति माविलाई दोस्रो नगरस्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता २०८१ को उपाधि



बुटवल । बुटवल उपमहानगरको आयोजनामा आइतबारदेखि दोस्रो नगरस्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगितामा सामुदायिक विद्यालयतर्फ कान्ति मावि “ख” समुहले उपाधि हात पारेको छ । झुमडा नाचमा लोक नृत्य प्रस्तुत गरेको उक्त विद्यालयले प्रतिस्पर्धामा रहेका अन्य २७ समुहलाई पछि पार्दै विजेता बन्न सफल भएको हो ।

उपाधिसँगै उक्त समुहले नगद ७५ हजार पुरस्कार राशी प्राप्त गरेको छ । यसैगरी सिद्देश्वर लालकुमारी मावि दोस्रो हुन सफल भएको छ । साकेला नाच प्रस्तुत गरेको उक्त विद्यालयले नगद ५० हजार पुरस्कार राशी प्राप्त गरेको छ । प्रतियोगितामा कौडा नाच प्रस्तुत गरेको नवीन औद्योगिक कदरबहादुर रिता मावि “ख” समुहले तृतीय स्थान हासिल गर्दै नगद ३५ हजार पुरस्कार राशी प्राप्त गरेको छ । प्रतियोगितामा सहभागी भवानी मावि र नवीन औद्योगिक कदरबहादुर रिता मावि “क” समुहले सान्त्वना स्थान हासिल गर्दै समान २५ हजार नगद राशी पुस्कार प्राप्त गरेका छन् । यी दुबै समुहले झुमडा नाच प्रस्तुत गरेका थिए ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सोमबार संस्थागत विद्यालयहरु बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको समुद्घाटन गर्दै उपमहानगरका प्रमुख खेलराज पाण्डेयले विद्यालय स्तरबाटै लोक सँस्कृति र कलाको विकासका लागि प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे । उपमहानगरले लोक सँस्कृति र खेलकुदको बिकासका लागि विद्यालय स्तरमा हुने गतिविधिलाई प्राथमिकता दिएको बताए ।

उपप्रमुख सावित्रा अर्यालले बुटवलको शैक्षिक विकासका लागि सैद्धान्तिक मात्र नभई व्यवहारिक शिक्षालाई समेत जोड दिइएको उल्लेख गरिन । सोमबार २६ वटा संस्थागत विद्यालयहरु बीच प्रतिस्पर्धा हुने सामाजिक बिकास महाशाखा प्रमुख तथा कार्यक्रम संयोजक दामोदर ज्ञवालीले जानकारी दिए । प्रतियोगितामा कलाकारहरु दुर्गा रायमाझी, डिल्लीनारायण पाण्डे र कृष्ण रेउले निर्णायकको भूमिकामा रहेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ६ : १६ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान