३ पुस २०८२, बिहिबार | December 19, 2025

पर्यटन प्रवर्द्धनमा चालक, सहचालक र कन्डक्टरको महत्वपूर्ण भूमिका रहने



नेपालगन्ज । यातायात क्षेत्रमा काम गर्ने चालक, सहचालक र कन्डक्टरले मिठो बोली व्यवहार गरेमात्र पनि नेपालमा पर्यटनको प्रवर्द्धन हुने सरोकारवालाहरुले ठहर गरेका छन् । उनीहरुले पर्यटकीय क्षेत्रको जानकारी र यात्रुसंगको हार्दिकताले मात्रपनि नेपालमा आन्तरिक र बाह्य पर्यटनको प्रवर्द्धन हुने उनीहरुको ठहर छ ।

लुम्बिनी प्रदेश पर्यटन विकास परिषदले आज यातायात क्षेत्रका चालक, सहचालक र कन्डक्टरहरुका लागि नेपालगन्जमा आयोजना गरेको पर्यटन सम्बन्धि अभिमुखिकरणमा बोल्ने वक्ताहरुले स्थानीय पर्यटनको प्रवर्द्धनमा यातायात कर्मचारीको अहम भूमिका हुने बताए । वक्ताहरुले यातायात कर्मचारीहरुको कतिपय व्यवहार बोलिबचनका कारण सिङ्गो यातायात कर्मचारीलाई हेर्ने नकारात्मक दृष्टिकोण बनेको उल्लेख गर्दै यातायात कर्मचारीको लवाईखवाई, बोली ब्यवहार र इमान्दारीता पर्यटनका लागि अपरिहार्य आवश्यकता भएको बताए ।

कार्यक्रममा अवधारणपत्र प्रस्तुत गर्दै जिल्ला ट्राफिक कार्यालय नेपालगन्जका बरिष्ठ नायव निरीक्षक प्रविण आचार्यले ट्राफिक व्यवस्थापनयुक्त शहरले पनि पर्यटकलाई आकर्षण प्रदान गर्न सक्ने बताए । उनले ब्यवस्थित ट्राफिक, अनुसाशित यातायात कर्मचारी र इमान्दार नागरिकबाट पर्यटकलाई आकर्षण प्रदान गर्न ठुलो भूमिका खेल्ने बताए । उनले ट्राफिक ब्यवस्थापनले दुर्घटना न्युनिकरणमात्र नभएर सभ्य सहर र नागरिकको पनि पहिचान दिन सक्ने धरणा राखे । उनले उपस्थित यातायात कर्मचारीहरुलाई ट्रफिक नियम र संकेतहरुको बारेमा बिष्तृत जानकारी दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश पर्यटन विकास परिषदमा कार्यकारी निर्देशक रामु जोसीले मौका छोपेर बढी भाडा असुल्ने, यात्रुसँग नमिठो बोल्ने, फोहर सवारी साधन र अमर्यादीत बोलीबचनका कारण पर्यटकहरुमा नकारात्मक असर परेको बताए । उनले यातायात कर्मचारीहरुमा स्थानीय पर्यटकीय स्थलको बारेमा जानकारी हुन जरुरी रहेको उल्लेख गर्दै पर्यटकहरुले पर्यटकीय स्थलको पहिलो जानकारी उनीहरुबाटै लिन सक्ने स्पष्ट पारे । ‘नयाँ गन्तब्यमा पुग्दा यहाँ घुम्ने राम्रा ठाँउहरु कहाँ छ ? भनेर पहिलो सोध्ने निकाय यातायात कर्मचारी हुन सक्छन्,’ उनले भने, ‘सहचालक र कन्डक्टरहरुले पर्यटकीय क्षेत्रको जानकारी पर्यटकलाई दिन सक्ने हुनु पर्दछ ।’

पर्यटनमा यातायात कर्मचारीको भूमिकाका बारेमा आयोजित कार्यक्रममा प्रमुख अतिथिकारुपमा बोलाइएका नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले भने दुर्घटना न्युनिकरणमा मात्र केन्द्रीत हुँदै ट्राफिक नियम पालना गर्न यातायात सम्बद्धहरुलाई आग्रह गरे ।

कार्यक्रममा बागेश्वरी यातायात प्रालिका अध्यक्ष मनप्रसाद आचार्य, ट्याक्सी ब्यवसायी संघका उमेश कोइराला, नाटा बाँके च्याप्टरका श्रीराम सिग्देल, पत्रकार झलक गैरेलगायतले पर्यटन प्रवर्द्धनमा यातायात क्षेत्रको महत्वपूर्ण भूमिका हुने धारणा राखेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ६ : ४६ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको