२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

पर्यटन प्रवर्द्धनमा चालक, सहचालक र कन्डक्टरको महत्वपूर्ण भूमिका रहने



नेपालगन्ज । यातायात क्षेत्रमा काम गर्ने चालक, सहचालक र कन्डक्टरले मिठो बोली व्यवहार गरेमात्र पनि नेपालमा पर्यटनको प्रवर्द्धन हुने सरोकारवालाहरुले ठहर गरेका छन् । उनीहरुले पर्यटकीय क्षेत्रको जानकारी र यात्रुसंगको हार्दिकताले मात्रपनि नेपालमा आन्तरिक र बाह्य पर्यटनको प्रवर्द्धन हुने उनीहरुको ठहर छ ।

लुम्बिनी प्रदेश पर्यटन विकास परिषदले आज यातायात क्षेत्रका चालक, सहचालक र कन्डक्टरहरुका लागि नेपालगन्जमा आयोजना गरेको पर्यटन सम्बन्धि अभिमुखिकरणमा बोल्ने वक्ताहरुले स्थानीय पर्यटनको प्रवर्द्धनमा यातायात कर्मचारीको अहम भूमिका हुने बताए । वक्ताहरुले यातायात कर्मचारीहरुको कतिपय व्यवहार बोलिबचनका कारण सिङ्गो यातायात कर्मचारीलाई हेर्ने नकारात्मक दृष्टिकोण बनेको उल्लेख गर्दै यातायात कर्मचारीको लवाईखवाई, बोली ब्यवहार र इमान्दारीता पर्यटनका लागि अपरिहार्य आवश्यकता भएको बताए ।

कार्यक्रममा अवधारणपत्र प्रस्तुत गर्दै जिल्ला ट्राफिक कार्यालय नेपालगन्जका बरिष्ठ नायव निरीक्षक प्रविण आचार्यले ट्राफिक व्यवस्थापनयुक्त शहरले पनि पर्यटकलाई आकर्षण प्रदान गर्न सक्ने बताए । उनले ब्यवस्थित ट्राफिक, अनुसाशित यातायात कर्मचारी र इमान्दार नागरिकबाट पर्यटकलाई आकर्षण प्रदान गर्न ठुलो भूमिका खेल्ने बताए । उनले ट्राफिक ब्यवस्थापनले दुर्घटना न्युनिकरणमात्र नभएर सभ्य सहर र नागरिकको पनि पहिचान दिन सक्ने धरणा राखे । उनले उपस्थित यातायात कर्मचारीहरुलाई ट्रफिक नियम र संकेतहरुको बारेमा बिष्तृत जानकारी दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश पर्यटन विकास परिषदमा कार्यकारी निर्देशक रामु जोसीले मौका छोपेर बढी भाडा असुल्ने, यात्रुसँग नमिठो बोल्ने, फोहर सवारी साधन र अमर्यादीत बोलीबचनका कारण पर्यटकहरुमा नकारात्मक असर परेको बताए । उनले यातायात कर्मचारीहरुमा स्थानीय पर्यटकीय स्थलको बारेमा जानकारी हुन जरुरी रहेको उल्लेख गर्दै पर्यटकहरुले पर्यटकीय स्थलको पहिलो जानकारी उनीहरुबाटै लिन सक्ने स्पष्ट पारे । ‘नयाँ गन्तब्यमा पुग्दा यहाँ घुम्ने राम्रा ठाँउहरु कहाँ छ ? भनेर पहिलो सोध्ने निकाय यातायात कर्मचारी हुन सक्छन्,’ उनले भने, ‘सहचालक र कन्डक्टरहरुले पर्यटकीय क्षेत्रको जानकारी पर्यटकलाई दिन सक्ने हुनु पर्दछ ।’

पर्यटनमा यातायात कर्मचारीको भूमिकाका बारेमा आयोजित कार्यक्रममा प्रमुख अतिथिकारुपमा बोलाइएका नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले भने दुर्घटना न्युनिकरणमा मात्र केन्द्रीत हुँदै ट्राफिक नियम पालना गर्न यातायात सम्बद्धहरुलाई आग्रह गरे ।

कार्यक्रममा बागेश्वरी यातायात प्रालिका अध्यक्ष मनप्रसाद आचार्य, ट्याक्सी ब्यवसायी संघका उमेश कोइराला, नाटा बाँके च्याप्टरका श्रीराम सिग्देल, पत्रकार झलक गैरेलगायतले पर्यटन प्रवर्द्धनमा यातायात क्षेत्रको महत्वपूर्ण भूमिका हुने धारणा राखेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ६ : ४६ बजे

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र