९ श्रावण २०८३, शनिबार | July 25, 2026

खाद्यपदार्थ मस्यौराको स्वच्छता तथा गुणस्तर मापदण्ड स्वीकृत



काठमाडौँ । स्थानीय परम्परागत मौलिक खाद्य पदार्थ मस्यौराको स्वच्छता तथा गुणस्तर मापदण्ड स्वीकृत भएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ५ बमोजिम ‘खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समिति’ को आजको बैठकमा मस्यौराको गुणस्तर मापदण्ड स्वीकृत गरी सरकारलाई सिफारिस गर्ने निर्णय भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।

समितिका अध्यक्ष कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (कृषि विकास) डा गोविन्दप्रसाद शर्माको अध्यक्ष्यतामा बसेको समितिको तेस्रो पूर्ण बैठकले प्राप्त राय तथा सुझाव समेटी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ७ बमोजिम ‘रोल्ड ओट्स’को स्वच्छता एवं गुणस्तर मापदण्डलाई छलफलसहित परिमार्जनसमेत गरेको उनले बताए ।

मापदण्ड परिमार्जनसहित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत नेपाल सरकारमा सिफारिस गर्ने निर्णय भएको महर्जनले सुनाए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ९ : ५८ बजे

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन

नेपालगन्जका विभिन्न चोकमा एकैदिन ६ वटा सालिकको अनावरण

नेपालगन्ज । नेपालगन्जको नगर क्षेत्रहरुमा रहेका बिभिन्न चोकहरुमा एकैदिन ६

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख

अनसनरत डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पताल लगियो

धनगढी। २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या