१४ पुस २०८२, सोमबार | December 29, 2025

खाद्यपदार्थ मस्यौराको स्वच्छता तथा गुणस्तर मापदण्ड स्वीकृत



काठमाडौँ । स्थानीय परम्परागत मौलिक खाद्य पदार्थ मस्यौराको स्वच्छता तथा गुणस्तर मापदण्ड स्वीकृत भएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ५ बमोजिम ‘खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समिति’ को आजको बैठकमा मस्यौराको गुणस्तर मापदण्ड स्वीकृत गरी सरकारलाई सिफारिस गर्ने निर्णय भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।

समितिका अध्यक्ष कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (कृषि विकास) डा गोविन्दप्रसाद शर्माको अध्यक्ष्यतामा बसेको समितिको तेस्रो पूर्ण बैठकले प्राप्त राय तथा सुझाव समेटी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ७ बमोजिम ‘रोल्ड ओट्स’को स्वच्छता एवं गुणस्तर मापदण्डलाई छलफलसहित परिमार्जनसमेत गरेको उनले बताए ।

मापदण्ड परिमार्जनसहित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत नेपाल सरकारमा सिफारिस गर्ने निर्णय भएको महर्जनले सुनाए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ९ : ५८ बजे

राष्ट्रिय च्याउ दिवसमा बुटवलमा निःशुल्क च्याउका परिकार खान पाईने

बुटवल । च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा

अंग्रेजी नयाँ वर्षको अवसरमा बुटवलमा भोलिदेखी तीनदिने सडक खाना महोत्सव, तयारी पूरा

बुटवल । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा तीन दिने

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौँ । सर्वोच्च अदालतमा सरकार र जेनजी पुस्ताबीच भएको १०

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये