१४ पुस २०८२, सोमबार | December 29, 2025

प्रतिनिधिसभाको बैठक बस्दै, बाँदर र बँदेलको ‘आतंक’ बारे छलफल हुँदै



काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/०८१ पेस गर्ने कार्यसूची छ ।

गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । सांसद् शेरबहादुर कुँवरले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकले विभिन्न अस्पतालबाट निःशुल्क सेवा पाउँदै आएकोमा संघीय र प्रदेश सरकारबाट प्रदान गरिने अनुदान रकमको अभावले सेवाबाट वञ्चित हुने अवस्था आएको जानकारी गराउने छन् ।

अस्पतालबाट पाउँदै आइरहेको सेवाको निरन्तरता हुनुपर्ने भन्ने सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गगराउने कार्यसूची रहेको छ ।

उक्त प्रस्तावमा दयाल बहादुर शाही र पुष्पबहादुर शाहले स्पष्टीकरण माग गर्नेछन् । सांसद राजेन्द्र बजगाईंले नेपालका ग्रामीण क्षेत्रमा बाँदर र जंगली सुँगुर (बँदेल)को आतंकबाट खेतीबाली नष्ट भई किसानको सुरक्षामा समेत खतरा पैदा भएको जानकारी गराउनेछन् ।

उक्त समस्याको दीर्घकालीन समाधान गर्दै कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राख्नका लागि नीति निर्माण र कार्यान्वयनको आवश्यकता भएको भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

उक्त प्रस्तावका समर्थक उदय शंशेर जबरा र संजयकुमार गौतमले समर्थन गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ७ : ४९ बजे

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौँ । सर्वोच्च अदालतमा सरकार र जेनजी पुस्ताबीच भएको १०

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये

भदौ २३ को नैतिक जिम्मेवारी लिन्छु, २४ गतेको घटना नियोजित षड्यन्त्र हो : रमेश लेखक

भदौ २३ को नैतिक जिम्मेवारी स्वीकार्छु, भदौ २४ को घटना

जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले दिए ६ पृष्ठको लिखित बयान (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ