१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

नेपालगन्ज मेडिकल कलेजबाट सञ्जीवनीको बोर्ड हटाउन नेपालगन्ज उपमहानगरको निर्देशन



नेपालगन्ज । सञ्जीवनी कलेज अफ मेडिककल साइन्सद्वारा संचालित मेडिकल कलेजको बोर्ड लगाएर लर्डबुद्ध एजुकेशन एकेडेमीबाट कारोबार गरिरहेको सञ्जिवनीका संचालकहरुलाई नेपालगन्ज उपमहानगरपालिकाले बोर्ड हटाउन र स्वीकृतिको प्रमाण पेश गर्न पत्राचार गरेको छ ।

सञ्जिवनी कलेजका संचालकहरुले लर्डबुद्धद्वारा संचालित नेपालगन्ज मेडिकल कलेजलाई भाडामा लिएर आफ्नो ब्यवसाय सुरुगरेपछि लर्डबुद्धका कर्मचारीलाई हटाउने र सरुवा गर्ने कार्य गरिरहेका बेला उपमहानगरपालिकाले अनाधिकृत बोर्ड लगाएर कारोबार गरेको भन्दै पत्राचार गरेको हो ।

नेपालगन्ज उप-महानगरपालिकाले सञ्चालित लर्ड बुद्ध एकेडेमी लीमिटेड द्वारा भाडामा लिई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको बाहिर नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह कतैवाट पनि अनुमति प्राप्त नगरी ‘सञ्जीवनी कलेज अफ मेडिकल साइन्सद्धारा सञ्चालित नेपालगञ्ज हस्पिटल’ भन्ने बोर्ड टाँसिएको र भित्र लर्ड बुद्धको नाममा कारोबार भइरहेको तथ्यप्रति यस उप-महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको पत्रकार जनाएको छ ।

उपमहानगरले पत्र प्राप्त भएको २४ घण्टाभित्र उक्त सञ्जीवनी कलेज सञ्चालनको लागि नेपालको संविधान बमोजिमका तीन तहका सरकारमध्ये कहीँ कतैवाट अनुमति प्राप्त भएको भए सो प्रस्तुत गर्न र प्राप्त नभएको भए उक्त बोर्ड हटाई कानून बमोजिम अनुमति प्राप्त गरेर अनुसार कारोबार गर्नगराउन निर्देशन समेत गरेको छ।

निर्देशन पालना नगरिए उप महानगरपालिकाले आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउने समेत चेतावनी दिएको छ । सञ्जिवनी व्यवस्थापनले भाडामा कलेज लिएसँगै ट्रेड युनियनमा संगठित कर्मचारीलाई युनियन छाड्न दवाव दिने, सरुवा गर्ने तथा आन्दोलन गरे बापत हटाउने जस्ता कार्यहरु गरेको कर्मचारीहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ३ : २४ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै