१५ माघ २०८२, बिहिबार | January 29, 2026

सिद्धार्थनगर नगरपालिकाका मेयर बंगलादेश प्रस्थान कार्यबाहक नहुँदा सर्वसाधारणलाई सास्ती



भैरहवा । सिद्धार्थनगर नगरपालिका वडा नं ४ निवासी ६६ वर्षीय वृद्धा विष्णुमाया भुजेल अहिले स्तन क्यान्सरबाट ग्रसित छिन् । उनको उपचार हाल बि पि कोइराला मेमोरीयल क्यान्सर अस्पताल चितवनमा उपचाररत अवस्थामा छिन् ।

भुजेलकी बुहारी अतालिदै आफ्‌नो सिद्धार्थ नगरगरपालिकाको कार्यलयमा भेटिइन्, क्यान्सरको निशुल्क उपचारका लागि नेपाल सरकारले दिने १ लाख सम्मको उपचार खर्चको कागजि काम टुंग्याउनको लागि उनी दिउसो २ बजे सिद्धार्थ नगरनगरपालिकाको कार्यलयमा पुगिन् ।

उनले भनिन्, “जती सक्दो छिटो उनी भरतपुर पुग्नुपर्ने छ । कार्यालयको काम सकेर २ बजे आएको हो खै के हो के हो सरकारी काम, यस पटक ८ वटा किमो चढाउनुपर्नेछ, छोरो भरतपुर अस्पतालमा आमालाई कुरेर बसको छ, यही सिफारीस बनाउन आएको हुँ ।” उनी फाइल र कागज बोग्दै स्वास्थ्य शाखा त कहिले प्रमुख उपप्रमुखको कार्यकक्षमा भौतारी रहिन् झन्डै २ घण्टा पछि उनी उपमेयरको कार्यकक्षमा पुगिन् कागज देखाइन्, तर उपप्रमुख उमा अधिकारीले आफ्‌नो कार्य क्षेत्रमा नपर्ने भनेपछि उनी निराश बनिन् ।

सिद्धार्थनगर नगरपालिका उपमेयर उमा अधिकारीले भनिन्, भावनात्मक भएर भएन्, नियमसंगत मलाई अधिकार छैन र मलाई कार्यबाहक समेत दिइएको छैन् ।

सिद्धार्थ नगरनगरपलिकाका प्रमुख ईस्तियाक अहमद खान अहिले बंगालादेश प्रस्थानमा गरेका छन् । स्वस्थ्य तथा सरसफाई सम्बन्धी अन्तरदेशीय सम्मेलन २०२५ मा सहभागी हुन उनी सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका छन् ।

करिब १ हप्ताका लागि उनी बंगलादेश गएका कारणले गर्दा कार्यबाहक दिन नमिल्ने उनका स्वकिय सचिव बाहशाह शेखले बताए । उनले भने, “स्थानीयको समस्या भोली नै समाधान हुन्छ सम्बन्धित व्यक्तिलाई भोली कार्यलय समयमा नगरपालिका पठाइदिनुहोला ।”

संघीयताको मूल मर्म नै आम जनतालाई छिटो, छरितो सेवा प्रदान गर्नु हो तर राजनैतिक खिचातानीले गर्दा अहिले पनि आम जनता मारमा पर्नाले जनतामा समेत नकारात्मक असर पर्ने देखिन्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ७ : ३७ बजे

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।