३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

सिद्धार्थनगर नगरपालिकाका मेयर बंगलादेश प्रस्थान कार्यबाहक नहुँदा सर्वसाधारणलाई सास्ती



भैरहवा । सिद्धार्थनगर नगरपालिका वडा नं ४ निवासी ६६ वर्षीय वृद्धा विष्णुमाया भुजेल अहिले स्तन क्यान्सरबाट ग्रसित छिन् । उनको उपचार हाल बि पि कोइराला मेमोरीयल क्यान्सर अस्पताल चितवनमा उपचाररत अवस्थामा छिन् ।

भुजेलकी बुहारी अतालिदै आफ्‌नो सिद्धार्थ नगरगरपालिकाको कार्यलयमा भेटिइन्, क्यान्सरको निशुल्क उपचारका लागि नेपाल सरकारले दिने १ लाख सम्मको उपचार खर्चको कागजि काम टुंग्याउनको लागि उनी दिउसो २ बजे सिद्धार्थ नगरनगरपालिकाको कार्यलयमा पुगिन् ।

उनले भनिन्, “जती सक्दो छिटो उनी भरतपुर पुग्नुपर्ने छ । कार्यालयको काम सकेर २ बजे आएको हो खै के हो के हो सरकारी काम, यस पटक ८ वटा किमो चढाउनुपर्नेछ, छोरो भरतपुर अस्पतालमा आमालाई कुरेर बसको छ, यही सिफारीस बनाउन आएको हुँ ।” उनी फाइल र कागज बोग्दै स्वास्थ्य शाखा त कहिले प्रमुख उपप्रमुखको कार्यकक्षमा भौतारी रहिन् झन्डै २ घण्टा पछि उनी उपमेयरको कार्यकक्षमा पुगिन् कागज देखाइन्, तर उपप्रमुख उमा अधिकारीले आफ्‌नो कार्य क्षेत्रमा नपर्ने भनेपछि उनी निराश बनिन् ।

सिद्धार्थनगर नगरपालिका उपमेयर उमा अधिकारीले भनिन्, भावनात्मक भएर भएन्, नियमसंगत मलाई अधिकार छैन र मलाई कार्यबाहक समेत दिइएको छैन् ।

सिद्धार्थ नगरनगरपलिकाका प्रमुख ईस्तियाक अहमद खान अहिले बंगालादेश प्रस्थानमा गरेका छन् । स्वस्थ्य तथा सरसफाई सम्बन्धी अन्तरदेशीय सम्मेलन २०२५ मा सहभागी हुन उनी सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका छन् ।

करिब १ हप्ताका लागि उनी बंगलादेश गएका कारणले गर्दा कार्यबाहक दिन नमिल्ने उनका स्वकिय सचिव बाहशाह शेखले बताए । उनले भने, “स्थानीयको समस्या भोली नै समाधान हुन्छ सम्बन्धित व्यक्तिलाई भोली कार्यलय समयमा नगरपालिका पठाइदिनुहोला ।”

संघीयताको मूल मर्म नै आम जनतालाई छिटो, छरितो सेवा प्रदान गर्नु हो तर राजनैतिक खिचातानीले गर्दा अहिले पनि आम जनता मारमा पर्नाले जनतामा समेत नकारात्मक असर पर्ने देखिन्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ७ : ३७ बजे

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को