१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

बुटवल उपमहानगरपालिकाले आयोजना गरेको १५ दिने पंचेबाजा तालिम सम्पन्न



बुटवल । मौलिक लोक संस्कृति जगेर्ना तथा संस्कृति संरक्षण गर्न बुटवल उपमहानगरपालिकाले १५ दिने पंचेबाजा बाजा बजाउने तालिम दिएको छ । बुटवल उपमहानगरपालिकाका विभिन्न आमा समुहहरुलाई नगरा, मंगल धुन, नाच्ने धुन लगायत बजाउन सिकाईएको हो ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले पाच वटा समुहलाई नौमति बाजा सेट हस्तान्तरण गरेका छन । कार्यक्रममा उनले महिला समुहको आग्रहमा तालिम दिईएको बताए । तालिमलाई अवसरका रुपमा लिएर महिला समुह भाग लिएको उनले बताए ।

कार्यक्रममा उपमेयर सावित्रादेवि अर्यालले सिप सिकाएर ब्यवसायिक रुपमा आयआर्जन गर्न सक्ने गरि तालिम दिईएको बताईन । महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन सिप सिकाउदै आयआर्जनमा जोड्ने गरि सिप सिकाएको उनले बताईन । उमेर समुह अनुसार प्रशिक्षकहरुलाई सिक्न समेत कठिन भएको हुनसक्ने भन्दै अब यो आमा समुह निरन्तर आत्मनिर्भर बन्न आग्रह गरिन ।

कार्यक्रममा प्रशिक्षार्थी ईश्वरा पन्त बश्यालले आमा समुहलाई लक्षित गरि आयआर्जनमा जोड्ने गरि ईतिहास बनाउने काम भएको बताईन । सिपसंगै सामग्री पाउदा धेरै खुशी रहेको र उर्जा थप्ने काम भएको भन्दै उनले बताउदै आगामी दिनमा थप रचनात्मक तालिमहरु दिन आग्रह गरिन । तालिममात्र नभई समाजमा सबै जातजाती र समुदायमा मिलेर बस्ने र ब्यवहार गर्ने ब्यवहारिक ज्ञान समेत पाएको उनले बताईन ।

कार्यक्रममा नेपाल संगित नाट्य प्रतिष्ठानका प्राज्ञ दुर्गा रायमाझी, बरिष्ठ नृत्य निर्देशक कृष्ण रेउले, राष्ट्रिय लोकदोहरी प्रतिष्ठानका केन्द्रिय सदस्य डिल्लि नारायण पाण्डेले निरन्तर तालिम उपलब्धिमुलक भएको बताए ।

विभिन्न आमा समुहका ६५ जना महिलाहरुलाई ५ समुह बनाएर प्रशिक्षक सुरेश सेन्चुरी, अनिल पहारीले तालिम दिएको सामाजिक विकास महाशाखा प्रमुख तथा कार्यक्रम संयोजक दामोदर ज्ञवालीले बताए । केहि समयपछि थप पाच समुहलाई तालिम दिईने पनि उनले बताए ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ६ : २७ बजे

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज

सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर । जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ