३ पुस २०८२, बिहिबार | December 18, 2025

सडक सञ्जाल विस्तारसँगै फेरिएको डोल्पाली जीवन, भान्सा बन्यो सस्तो



सुर्खेत । २०४० साल तीर मकै , चामल खरिद गर्नका लागि डोल्पाबाट भेडाहरु लिएर जाजरकोट नलगाड स्थित गाउँहरुमा पुग्ने त्रिपुराकोटका धनबहादुर कठायत हाल घर आँगमै खाद्यान्न ट्याक्टर मार्फत ढुवानी गर्छन ।

करिव करिव ४१ वर्ष पछि धनबहादुर भेडाहरु लिएर जाने बाटोमा ठुला सवारी साधन गुडेको देख्दा विकासको अनूभुति गरेका बताउछन् । घरबाट भेडाहरु लिएर खाद्यान्न खरिद गरेर महिना दिनको मुस्किलले घर पुग्ने धनबहादुर आजभोली एकै दिनमा दुइ पटक यताउत्ती गर्न सक्ने अवस्था आएको भन्दै खुसी साटने गरेका छन् । भेरी नदीको कडा तथा चट्टाने बाटो छिचोल्दै जीवन मै धरापमा पारेर २०४० देखि २०७१ सम्मा ३१ वर्ष संर्घषका दिनहरु बिताएको बताउने उनी हाल सडक यातायातसँग डोल्पा जोडिएपछि सहज रुपमा यात्रा गर्न पाएको बताउँछन् ।

भेडाहरुको ठाउँमा आजभोली ट्याक्टर देखि अन्य सवारीसाधनले ढुवानीको काम गरिरहेको उनको भनाई रहेको छ । डोल्पाका स्थानीयबासीका लागि अधिकांश खाद्यान्न जाजरकोट र रुकुमबाट लिने गरिन्थ्यो । बाटोमा जाँदै गर्दा सातु र अन्य खाद्यान्न ठुला ओडारमा लुकाएर राख्ने गरेको डोल्पा ल्हँका कालिबहादुर बुढाले बताए । फर्कदा केही ठाउँको खाद्यान्न बन्यजन्तुले खाएर नभेटिने गरेको समेत सुनाए । उनले भने ,‘ अहिलेको जस्तो ठाउँ ,ठाउँमा होटल , पसल कहाँ थिए र रु बास बस्नका लागि ओडारहरु खोज्नुपर्ने अवस्था थियो । खोलाको किनारमा पानी पाइने भएकाले सक्भर सोही ठाउँ रोज्ने चलन रहेको थियो । ’

समयले धेरै कोल्टो फेरेको बताउँदै अर्का दुनैका प्रविण केसीले विकास भन्ने कुरा मानिसलाई नपुग्ने रहेछ भन्दै भने ,‘ सडक पुग्यो , अब पिच भएको सडक हामीलाई चाहियो । अन्य संरचनाहरु पनि आवश्यक छ । सुविधा सम्पन्न ठाउँ जस्तै हामी डोल्पाले सेवा किन नपाउने ? संघीयता पछि सबै ठाउँ एकै नासको हुनुपर्छ हाम्रो भनाई त्यही हो ।’ यहाँका अधिकांश स्थानीयबासीको माग यही रहेको छ । डोल्पाको सदरमुकाम सम्मा अहिले सहज रुपमा यातायातका साधनहरु सञ्चालन भएपनि उपल्लो डोल्पामा भने यातायात सञ्चालन गर्न सडक नहुँदा पीडा उही २०४० साल जस्तै रहेको छ ।

भेरी करिडोर योजना सदरमुकाम दुनै सम्म जोडिएपछ अहिले साना ,ठुला बजारहरु विस्तार भएका छन् । होटलहरु ठाउँ ,ठाउँमा खुलेका छन् । बजारीकरण बढेसँगै व्यापार समेत बढेको छ । तल्लो तथा मध्य डोल्पाका अधिकांश ठाउँमा स्थानीय तथा प्रदेश सरकारको पहलमा सडकहरु खन्ने काम जारी रहदै आएको छ । सडक पुगेपछि घर,घरमा आर्यआर्जनका कामहरु गर्न समेत सहज भएको छ । १० वर्ष अगाडी बस्ती नभएका ठाउँमा अहिले बस्ती विकास भएको त्रिपुरासुन्दरी नगरपालिका–१ का विष्णुप्रसाद देवकोटाले बताए । देवकोटाले भने , ‘ हाम्रो पुस्ता भाग्यमानी रहेछ , सबैका खालका कुराहरु हाम्रा पालमा देख्न पाइयो । ’

अहिले विहान ७ बजे नेपालगन्जबाट गाडीमा यात्रा गर्दा बेलुकी डोल्पाको सदरमुकाम दुनै पुग्न सकिन्छ । भेरी करिडोरको रिम्ना , राडी , कालिमटी , चौखा , तल्लु , अनाह , त्रिबेणी , खदाङ, त्रिपुराकोट र दुनैमा बजारीकरण भएको छ । ३० किलो चामललाई ३ हजार रुपैयाँमा समेत मुस्किलले पाइथ्यो भने हाल २ हजारले सजिलै पाइने गरेको स्थानीयबासीहरु बताउँछन् । डोल्पालीका भान्सा समेत सस्तो भएको छ । अहिले तल्लुबाट दुनै सम्म कच्ची सडक रहेको छ । तल्लुबाट दुनै सम्म कच्ची सडक रहेको छ । सो सडक निर्माण गर्नका लागि ४ अर्ब २० अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ । केही दिन भित्र स्तरोन्न्तीका लागि बोलपत्र आह्वानको काम सुरु हुने भेरी करिडोर योजना प्रमुख सुनिल रन्जितकारले बताए ।

२०५०÷५१ तीर डोल्पाको दुनैमा रहेर बाल्यकाल विताएका योजना प्रमुख ३१ वर्ष पछि सोही ठाउँका सडक बनाउने जिम्म लिएर आएका छन् । योजना प्रमुख रन्जितकारका बाबा तत्कालिन सो समयमा ‘पञ्चायत विकास अधिकारी’ ९पिडिओ० हुँदा रन्जितकार बाबासँग दुनै बसेका थिए । सुर्खेतको छिन्चुमा सडक निर्माण गर्नका लागि छिन्चु जाजरकोट सडक सडक खण्डको रेखाकंनमा समेत खटिएका रन्जितकार हाल जाजरकोट डोल्पा सडकको स्तरोन्नतीको काममा लागि परेका छन् ।

बाबाले सेवा गरेको ठाउँमा छोराले काम गर्न पाउदा विगत सम्झेको समेत उनको भनाइ रहेको छ । बाबाको सपनासँगै डोल्पाबासीको गम्भिर चासोलाई आफूले कुनै पनि ढिला नगरी तिब्रताका साथ काम गर्ने प्रतिवद्धता उनको रहेको छ । दुनै सम्म अहिले हरेक सामग्री लिने र ल्याउने काम सहज रुपमा भएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ९ : ०९ बजे

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको