२९ माघ २०८२, बिहिबार | February 12, 2026

जाग्नथाले राजावादीहरु, नेपालगन्जमा वर्तमान ब्यवस्थाको बिरोधमा मोटरसाइकल र्याली निकालिँदै



नेपालगन्ज ।राजावादीहरुले देशैभर आफ्नो गतिबिधिलाई बढाउन थालेका छन् । लोकतन्त्र र गणतन्त्रबादी राजनीतिक दलहरुले परिणाममुखी काम गर्न नसकेपछि राजाबादीहरु बिभिन्न नामबाट जाग्न थालेका हुन् ।

धर्मलाई मुख्य आधार बनाएर राजतन्त्रको पुनस्थापनाको कल्पना गरेको समुहले हिन्दु अधिराज्य स्तापनाको बहाना बनाउँदै राजावादीहरुलाई संगठित गरिरहेका छन् । राजावादी राजनीतिक दल र केही फरक नाम रहेका समुहले हिन्दुराज्यको माग गर्दै नेपालगन्जमा मोटरसाइकल र्याली गर्ने भएका छन् । राप्रपा, राप्रपा नेपाल, शिव सेना, विश्व हिन्दु महासंघलगायत हिन्दु राज्य चाहने राजाबादी पार्टी, संघसंस्थाको अगुवाईमा फाल्गुन १९ गते नेपालगन्जमा मोटरसाइकल र्याली हुने भएको हो ।

मोटरसाइकल र्यालीमार्फत जनतालाई उठाउने र जगाउने सम्बद्वको दाबी छ छ । वर्तमान गणतन्त्रात्मक ब्यवस्था बदल्न सातवटै प्रदेशमा कार्यक्रम गरिने राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले बताए । उनले त्यसैको तयारी स्वरुप सातै प्रदेशमा मोटरसाइकल र्याली र आमसभा भइरहेको बताए ।

राजाबादीहरुले देशका बिभिन्न स्थानहरुमा प्रचारात्मक कार्यक्रम सकेपछि चैत्र दोस्रो हप्ता काठमाडौमा ठूलो प्रदर्शन गर्ने तयारी समेत गरेको जनाएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ५ : ३३ बजे

रुकुमपूर्व पुगे प्रचण्ड, लुकुमका स्थानीयले गरे खाम मगर संस्कृतिअनुसार स्वागत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा रुकुम पूर्वका उम्मेदवार

इटालीविरुद्ध नेपालको कमजोर ब्याटिङ, जम्मा १२३ रनको योगफल

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा

यी संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा माग्न नपाउने

काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन खर्चका लागि भन्दै आर्थिक सहयोग

डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस

डडेल्धुरा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा गढ जोगाउन प्रयासमा

हिउँले सेताम्मे मनाङका मतदान केन्द्र

मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति