३२ असार २०८३, बिहिबार | July 16, 2026

राजावादीको समिक्षा बैठक भाँडियो, लिङ्देन नआएको भन्दै युवाहरुको नाराबाजी



काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको माग गर्दै आन्दोलनरत संयुक्त जनआन्दोलन परिचालन समितिको समिक्षा बैठक भाँडिएको छ । बुधबार काठमाडौंको एक पार्टी प्यालेसमा बोलाइएको समिक्षा तथा आन्दोलनको नयाँ रुपरेखाका तय गर्ने भनिएको बैठकमा युवाहरुले हो-हल्ला गरेपछि भाँडिएको हो ।

बैठकमा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगाएत उपस्थीत थिए । तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन अनुपस्थित रहेपछि बैठकमा सहभागी भएका केहिले आपत्ति जनाउदै नाराबाजी गरेका थिए ।

बैठककै बीच राप्रपा नेपालका अध्यक्ष थापाले मन्तव्य राख्न खोज्दा निरन्तर नाराबाजी तथा होहल्ला भएपछि थापा मन्तव्य नराखि फर्किएका थिए ।

त्यसपछि संयोजक सुवेदीले पहिलो चरणको आन्दोलनबाट आफू उत्साहित भएको भन्दै छिट्टै दोश्रो चरणको आन्दोलन ल्याउने प्रतिबद्धता जनाए । सुवेदीले सभा बिसर्जन गरेपछि सोही स्थानमा नै युवाहरुले छुट्टै भेला गरेका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  ५ : ३० बजे

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा

इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

लमजुङ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

नवलपुर । देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको