२ पुस २०८२, बुधबार | December 17, 2025

बन्ने भयो पेडारी नालामा पुल, खजुराको १८ सय मिटरको कन्तबिजोग कायमै



खजुरा । बाँकेको नेपालगन्ज र बर्दियाको सदरमुकाम गुलरिया जोड्ने मुख्य सडकको खजुरा खण्डमा रहेको झण्डै ६० वर्ष पुरानो पेडारी नालामा नयाँ पुल बन्ने भएको छ । हुलाकी सडक निर्देशनालयले आज सो पुल निर्माणका लागि टेण्डर आह्वान गरेसँगै पेडारी नालामा नयाँ पुल बन्ने भएको हो ।

जिर्ण पुलका कारण कुनैपनि बेला दुर्घटना हुन सक्ने त्रासमा रहेका सो सडकमा यात्रा गर्ने यात्रुहरु टेण्डर खुलेको खबरले खुसी भएका छन् । ज्यान जोखिममा राखेर हिँड्नुपर्ने अवस्थाको नालामा पुल बन्ने खबरले खुसी लागेको खजुराका व्यवसायी रोसन सापकोटाले बताए ।

हुलाकी सडक निर्देशनालयले पुलको डिजाइन र डिपिआर बनाएर बसेपनि अर्थ मन्त्रालयबाट बजेटको सुािश्चितता नहुँदा टेण्डर हुन सकेको थिएन । एक आर्थिक वर्षमा २१ करोड कारोबार भएको, कम्तीमा ४ करोडको ठेक्कामा काम गरिसकेको, ७ करोड बढी पुँजी भएको ठेकेदार कम्पनीले कबोल गर्न पाउने गरि आजमात्र पेडारी नालाको पुल बनाउने ठेक्का खुलेको हो ।

आज टेण्डर आह्वान गरिएको पुलको लम्बाई ३४.४ मिटर हुनेछ । ४ लेनको पुलमा ११-११ मिटरका २ वटा पुल गाँसिने छ । पुलको बीचभागमा झण्डै २ मिटरको डिभाइडर रहने छ । हाल नालामा रहेको पुल भन्दा झण्डै २.५ मिटर अग्लो पुल बन्ने छ । पुलको कम्तीमा १५ मिटर उत्तर तर्फ तटबन्ध गरि पानीको वहावलाई पुलमा ल्याइने हुलाकी सडक निर्देशनालय नेपालगन्जका प्रमुख लिलाबहादुर भण्डारीले बताए ।

पुलको २ लेनको एक खण्ड तयार भएपछि मात्र साबिकको पुल भत्काएर अर्को पुल बनाइने उनले जानकारी दिए । यात्रुहरुकाृ यात्रामा अवरोध नहुने गरि पुल बनाइने उनले बताए ।

खजुरा बजार खण्डको १८ सय मिटरको अझै कन्तबिजोग
नेपालगन्ज-गुलरिया खण्डको अन्यत्र चिल्लो र फराकिलो सडक बनिसक्दा त्यसै सडक खण्डको खजुरा बजार क्षेत्रको १८सय मिटर सडकको भने कन्तबिजोग कायम रहेको छ ।

बाँकेको खजुरा तथा बर्दियाको गुलरिया सडक खण्डमा निर्माणाधिन सडकको तीन पटक म्याद थप, दर्जनौपटक काम सुधारको ताकेता र त्यस यता पनि लगातार बिभिन्न सुबिधा दिएर काम गर्ने अवसर दिँदा पनि ठेकेदार कम्पनी गजुरमुखी कन्ट्रक्सनबाट काम हुन नसकेपछि गत साउन २८ गते ठेक्का सम्झौता तोडिएको थियो । तर ठेक्का सम्झौता तोड्ने सडक विभाग अन्तर्गत सडक डिभिजन कार्यालय नेपालगन्जका विरुद्ध ठेकेदारले मुद्दा दर्ता गराएर सडक निमार्णलाई अनिश्चित बनाइदिएको छ ।

सम्झौता अनुसारको गुणस्तरमा लापरवाही सुधार गर्न, समयसिमाभित्र काम सम्पन्न गर्न र ठेकेदारको माग अनुसार पटक पटक म्याद थप गर्दापनि ठेकेदार कम्पनीले सडकको काम सम्पन्न गर्ने तदारुकता नदेखाएपछि डिभिजन कार्यालय नेपालगन्जले ठेक्का सम्झौता तोडेको थियो ।

बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । ठेकेदारको चरम लापरवाहीका विरुद्ध स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका छन् । स्थानीयले सम्झौता ताडेर कालो सूचीमा राख्न माग हुँदै आएपनि ठेकेदार कम्पनीले सडकको विरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा मुद्दा दर्ता गराएर खजुरा सडक खण्डको अवस्था थप कन्त विजोग बनाउने योजना बनाएको खजुराका स्थानीय दीपक ढकालले बताए ।

ठेकेदारलाई काम गर्ने अवसर, समयमा काम सक्न र गुणस्तर सुधार गर्न दर्जनौपटक पत्राचार गर्दा पनि अटेर गरेपछि ठेक्का खारेज गरिएको जनाउँदै मुद्दा दिएर फेरि योजनालाई अल्झाउन खोजिएको सडक डिभिजनका अधिकारीहरु बताउँछन् ।

बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा सम्झौता भएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ९ : ०६ बजे

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया