२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

भूकम्पबाट कुनै मानवीय र भौतिक क्षति भएको छैन : सिन्धुपाल्चोक प्रशासन



काठमाडौं। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार बिहान भोटेकोशी गाउँपालिका–२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पले जिल्लामा कुनै असर नगरेको जनाएको छ ।

जिप्रका सिन्धुपाल्चोकले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिमा भूकम्प आउँदा कारागारमा कैद भुक्तान गरिरहेका एकजना भाग्नेक्रममा लडेर दाहिने हातको पातो सामान्य सरेको र हालको उनको अवस्था सामान्य रहेको उल्लेख छ । उनलाई चौतारा अस्पतालमा उपचारका लागि लगिएको डिस्चार्ज भइसकेको छ ।

भूकम्पपछि भोटेकोशी गाउँपालिका–३ स्थित लुसारेमा सुक्खा पहिरो गएको छ । यस्तै, इलाका प्रहरी कार्यालय कोदारीको एक तल्ले जस्ताको छानो भएको ब्यारेकमा सामान्य क्षति भएको जिप्रकाले जनाएको छ ।

भूकम्पबाट भएको सम्भावित क्षातिको अवस्था अवलोकन गर्न सुरक्षाकर्मीलाई अनुगमनमा पठाइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १० : ३९ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२