४ पुस २०८२, शुक्रबार | December 20, 2025

अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीमा एकजनाको मृत्यु



बुटवल । रुपन्देहीको मायादेबी गाउँपालिकामा आज अज्ञात समूहको गोली प्रहारबाट एक जनाको ज्यान गएको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षिय राकेशसिंह लोधको गोलि प्रहारबाट ज्यान गएको हो ।

जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय राकेशसिंह लोधको मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले बताए । उनका अनुसार घरको बरन्डामा आज बिहान ८ः१५ बजे रगताम्मे अवस्थामा लोधको शव भेटिएको थियो । स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुग्दा लोधको मृत्यु भइसकेको अवस्थामा फेला परेको उनले बताए ।

स्थानीयले मध्यराती गोली चलेको आवाज सुनेको र मृतक लोधको टाउकोबाट रगत बगिरहेकाले गोली प्रहारबाटै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिने डीएसपी कार्कीले बताए । घटना बारे थप अनुसन्धान भईरहेको उनले बताए । कार्कीले आँखाको माथि निधार र कन्चटमा चोट लागेको देखिएको पुष्टि गरे ।

शव पोष्टमार्टमाका लागि भैरहवास्थित भीम अस्पताल पठाइएको छ । घरमा एक्लै बस्दै आएका लोध खेती किसानी र्ने गरेको र उनको घरायसी कारणले हत्या भएको हुन सक्ने स्थानीयले जानकारी दिएका छन ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ११ : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको