१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु



सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका-६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

यादवलाई शुक्रबार साँझ आफ्नै घरको आँगनमा बसेर छरछिमेकीसँग गफ गरेर बसिरहेका बेला अज्ञात व्यक्ति आएर गोली प्रहार गरेका थिए । मोटरसाइकल चढेर आएका मानिसले पेस्तोल निकालेर यादवको टाउकोमा गोली प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् । गोली प्रहारबाट गम्भीर घाइते यादवको महोत्तरीको सोनामा गाउँपालिकास्थित पर्सा गाउँमा रहेको एक स्वास्थ्य संस्थामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।

छरछिमेकीसहित समूहमा बसेर कुराकानी गरिरहेका बेला दुई जना अपरिचित मानिस आएर रामपुकार भनेको को भनी सोधेर नै गोली प्रकार गरेका एक स्थानीयले बताए ।

गोली प्रहार गर्ने व्यक्ति भाग्दै गर्दा हरिपुर्वा नगरपालिकाअन्तर्गत पर्ने बसन्तपुरमा दुर्घटनामा परेको थियो । जसमा एक जना फरार भएको छ भने अर्का घाईतेलाई प्रहरी निगरानीमा जनकपुरमा उपचार भइरहेको प्रहरी सर्लाहीका प्रहरी प्रवक्ता राईले जानकारी दिए । घटनामा संलग्नहरूको पहिचान भइसकेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।

मृतक यादव यसअघि सर्लाही सदरमुकाम मलङ्गवाको निजी विद्यालयमा शिक्षण पेसामा आबद्ध भए पनि अहिले खेती किसानी गर्थे । उनले गाउँघरमा केही रकम ऋण लगानीसमेत गरेको स्थानीयहरूले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  १० : १५ बजे

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ