१५ चैत्र २०८२, आइतबार | March 29, 2026

मधेशले माओवादीलाई फेरि विश्वास गर्ने बेला आएको छ : प्रचण्ड



सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताले भोग्दै आएको विभेद र अपमानको समस्या मधेसको मात्र नभई राष्ट्रकै समस्या भएको र यसको यसको समाधान माओवादीले मात्रै गर्न सक्ने बताएका छन् ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा सिरहाको सिरहा नगरपालिकामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

मधेसका मसिहा ठान्ने दलहरूले मधेसी जनतामाथि नै घात गरिरहेकाले अब उनीहरूको भ्रमबाट मुक्त हुनुपर्ने बेला आएको उनले जिकिर गरे । महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारु आदिको पहिचान र अधिकार स्थापित गर्ने दल माओवादी नै भएको स्पष्ट गर्दै अध्यक्ष प्रचण्डले अब मधेसले माओवादीलाई फेरि विश्वास गर्ने बेला आएको बताए ।

मधेसी जनता वास्तविक देशभक्त र सीमारक्षकको रुपमा रहेको उल्लेख गर्दै उनले उनीहरूको सम्मान गर्नुको साटो अरु देशका नागरिक सरह व्यवहार गर्नु विभेद र अपमान भएकाले यसलाई प्रभावकारी कार्यक्रममार्फत नै अन्त्य गर्न सकिने र त्यसको नेतृत्व माओवादीले मात्रै गर्नसक्ने दाबी गरे ।

अध्यक्ष प्रचण्डले माओवादीले जनयुद्धकै क्रममा मधेसी जनताको आत्मनिर्णयको अधिकारलाई स्थापित गर्न मधेस सरकार गठन गरिएको र पार्टीभित्र पहिलोपटक मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरिएको स्मरण गराए। झन्डै एक हजार तीन सय मधेसी जनताका छोराछोरीले माओवादी जनयुद्धमा बलिदान गरेको पनि उनले बताए। आफ्नो पार्टीले जनयुद्ध सुरु गर्दा पहिलोपटक हतियारको तालिम मधेसबाटै सुरु गरेको जानकारी दिंदै अध्यक्ष प्रचण्डले आफूले पहिलोपटक हतियारको तालिम धनुषा र सिरहाबाटै लिएको स्मरण गरे ।

२०६४ सम्म आउँदा मधेस माओवादीमय भएको तर पार्टी एकता बचाउन नसक्दा र गौरहत्याकाण्ड जस्ता विभिन्न षड्यन्त्रका कारण मधेसी जनतामा माओवादीप्रति भ्रम पर्न गएको र यही भ्रम हटाउन अहिले तराई मधेस जागरण अभियान लिएर आएको उनले स्पष्ट गरे ।

नेपालको इतिहासमै पहिलोपटक राजनीतिक दलको तर्फबाट हुलाकी मार्ग केन्द्रित अभियान सुरु गरिएको उल्लेख गर्दै उनले देशको होचो स्थान कचनकवलबट सुरु गरिएको यो अभियानको दोस्रो संस्करण मध्यपहाडी लोकमार्गहुँदै देशको अग्लो भूभाग रहेको सोलुखुम्बुमा गएर समापन गरिने जानकारी दिए ।

आफ्नो नेतृत्वको सरकारले सुरु गरेको मिटरब्याजको समस्या समाधानको अभियान अहिले कमजोर देखिएको भए पनि यसलाई अघि बढाउन पार्टी प्रतिबद्धत रहेको उल्लेख गर्दै उनले पार्टीले अब मधेस प्रदेशमा प्रदेश स्तरको र अन्य जिल्लामा जिल्लास्तरीय संघर्ष समिति गठन गरेर संघर्ष गर्ने पार्टीले निर्णय नै गरिसकेको बताए ।

यसअघि दोस्रो संविधानसभामा निर्वाचित गराएर प्रधानमन्त्री बन्ने असवर प्रदान गरेको धन्यवाद दिँदै अध्यक्ष प्रचण्डले यसका लागि आफू सिरहाबासी जनतासँग आभारी र ऋणी रहेको बताए ।

सिरहाबासीले दिएको जनादेश बोकेर आफूले मधेसी जनताको पहिचान र अधिकार संविधानमा समेट्न अत्यधिक प्रयत्न गरेको र थप अधिकारका लागि संविधान संशोधन प्रक्रिया अघि बढाएको तर अन्य दलले समर्थन नगर्दा सफल हुन नसकेको उनले बताए ।

उपमहासचिव एवं मधेस प्रदेश इन्चार्ज मातृका यादवले मधेसी जनताले सबभन्दा बढी चाहेको उल्लेख गर्दै माओवादीले मात्रै सबैखाले अत्याचारको अन्त्य गर्न सक्ने दाबी गरे । मधेसी जनतालाई दुस्ख पर्दा अरु दलले कहिल्यै सहयोग नगरेको उल्लेख गर्दै मधेसको दुस्खसुखको साथी माओवादी मात्रै भएको बताए ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले माओवादी आन्दोलन र मधेस आन्दोलनलाई समायोजन गरेर अब माओवादीले मधेसी एजेन्डालाई सम्बोधन गर्न अघि बढ्नुपर्ने बताउनुभयो । संघीयता र समानुपातिक एजेन्डाको माओवादी र मधेसवादी दलको एजेन्डा भए पनि अब मधेसवादी दलले मधेसी जनतालाई घात गरेकाले अब आफ्नो एजेन्डाको रक्षाको जिम्मा माओवादीले लिनुपर्ने बताए ।

कार्यक्रममा माओवादी केन्द्र स्थायी समिति सदस्य विश्वनाथ साहले पनि सम्बोधन गरेका थिए भने विभिन्न सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस सिरहाका पूर्व जिल्ला सचिव रामजतन यादवसहित विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ५ : १४ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा