३ श्रावण २०८३, आइतबार | July 19, 2026

वीरगञ्ज नाका हुँदै सात महिनामा आठ अर्ब ६८ करोड मूल्यको धान-चामल आयात



वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ ।

गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा यो नाका हुँदै रु चार अर्ब ९१ करोड मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार चार सय १६ किलोग्राम धान आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको सात महिनामा धान र चामलको आयातमा वृद्धि भएको बताए । “गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धान–चामलको आयात बढेको देखिन्छ ।”

कृषिप्रधान मुलुक नेपालमा धान मात्र नभएर चामल पनि विदेशी मुलुकबाट आयात हुँदै आइरहेको छ । चालु आवको सात महिनामा यो नाका हुँदै रु एक अर्ब ३५ करोड मूल्यको एक करोड ३३ लाख ७४ हजार आठ सय २६ किलोग्राम चामल आयात भएको छ ।

जबकि गत आवको सोही अवधिमा भने रु एक अर्ब छ करोडको ८१ लाख १७ हजार एक सय ३० किलोग्राम चामल आयात भएको थियो । चालु आवको सात महिनामा रु दुई अर्ब ९६ करोड मूल्यको पाँच करोड ७७ लाख १४ हजार पाँच सय ८३ किलोग्राम मकै आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने रु दुई अर्ब ९७ करोड मूल्य पर्ने छ करोड ६० लाख ४९ हजार नौ सय ७२ किलोग्राम मकै आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयातमा भने सामान्य गिरावट देखिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ९ : २८ बजे

राजमार्ग कब्जा गरेर बसपार्क : जिल्ला प्रहरी कार्यालयकै प्रवेशद्वारमा ट्राफिक अस्तब्यस्त

नेपालगन्ज । नेपालगन्जबाट बर्दिया हुँदै सुदूरपश्चिम प्रदेश जाने सवारी साधनहरुले

सांसद खुस्बु ओलीलाई फेसबुकबाट धम्की दिएको आरोपमा बुटवलका व्यवसायीसहित दुई पक्राउ

काठमाडौं । बुटवल घर भई नारायणगढमा व्यवसाय सञ्चालन गर्दै आएका

जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिने

काठमाडौं । सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई

तापक्रम वृद्धिसँगै आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम । तापक्रम वृद्धिभएसँगै जनकपुरस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या

आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य