४ पुस २०८२, शुक्रबार | December 20, 2025

टोखामा गोली हानेर समातिएका भारतीय सुटर गुड्डु लाल मोहम्मद हत्यामा संलग्न



काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखामा गोली हानेर पक्राउ गरेका गुड्डु पटेल हत्या प्रकरणमा फरार अभियुक्त भएको खुलेको छ । गोली हानी पक्राउ गरेका व्यक्ति दुई वर्षअघि गोठाटारमा मारिएका लाल मोहम्मद प्रकरणका फरार आरोपी रहेको खुलेको हो ।

टोखामा गोली हानी पक्राउ गरिएका गुड्डु पटेल मोहम्मद हत्यामा संलग्न सुटर भएको अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतले जानकारी दिएका छन् । लाल मोहम्मद हत्या प्रकरणका फरार आरोपी गुड्डु नेपाल आएको सूचना पाएर पक्राउ गर्न गएको प्रहरी टोलीमाथि पटेलले आक्रमण गरेपछि गोली चलाउनु परेको एसएसपी बस्नेतले बताए ।

प्रहरीले सुरूमा दुई राउण्ड हवाई फायर गरेर अत्मसमर्पण गर्न भन्दा पनि पटेल भाग्न खोजेपछि गोली प्रहार गरेर पक्राउ गरिएको प्रहरीको दाबी छ । पक्राउ घाइते पटेललाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

सर्लाही घर भइ काठमाडौंमा गार्मेन्ट उद्योग संचालन गरिरकेका मोहम्मद ३ असोज २०७९ मा अज्ञात व्यक्तिको गोली प्रहारबाट मारिएका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ८ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको