२८ चैत्र २०८२, शनिबार | April 11, 2026

किसानलाई अनुदानमा मौरीसहितका घार वितरण



गलकोट । किसानलालाई आयआर्जनमा सघाउन बागलुङ नगरपालिकाले आफ्नो कार्यक्षेत्रका ५८ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । किसानलाई ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको हो ।

नगरपालिकाले किसानसँगको सहलगानीमा रु. सात हजार ७०० मा मौरीसहितको घार खरिद गरेर वितरण गरेको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले जानकारी दिए ।

“मौरीपालनमार्फत आय आर्जन बढाउन नगरपालिकाले अनुदान दिएको हो”, उनले भने, नगरपालिका र ५८ किसानको रु चार लाख ४६ हजार लागतमा मौरीसहितका घार वितरण गरिएको उनले बताए । विगतमा पनि नगरपालिकाले थ्रेसर, मिनि टिलर हलो र मौरीका घार वितरण गरेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ७ : २० बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र