२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

रारा घुम्न गएका एक जनाको लेक लागेर मृत्यु



मुगु । नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ ।

रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिए ।

जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुगेका थिए । चेकजाँच पछि शरीरमा अक्सिजनको कमी छ आजको रात यतै अस्पताल भर्ना हुनुस् भन्दा उनले नमानेको अस्पतालले जनाएको छ । चेकजाँच पछि सल्लेरी फर्किएको तर सोमबार बिहान ६ बजेतिर उनलाई साथीहरूले एम्बुलेन्समा लिएर आएको अस्पतालले जनाएको छ । अस्पताल पुग्दा उनको मृत्यु भइसकेको चिकित्सक शाहीले जानकारी दिए ।

उनका अनुसार भुवनमा मोटोपन र दमको पनि दीर्घरोगी थिए । हिमपात भएको बेला, चिसो मौसम, उच्च हिमाली भूभागमा अक्सिजनको कमीको कारण लेख लागेर काडियो प्रमोनरी एरेष्ट हुँदा उनको मृत्यु हुन गएको पनि चिकित्सक शाहीले बताए ।

आइतबार मात्र मृतक विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १२ : ०६ बजे

उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

बागलुङ । लामो समयदेखि चर्चामा मात्रै रहेको उत्तरगङ्गा जलायशयुक्त जलविद्युत्

छोटी भन्सार पुनःसञ्चालनको माग

कैलाली । कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ । उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम-कोरोलानाका जोड्ने मुस्ताङको

दमक-चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी

स्याङ्जामा ‘एक सामुदायिक वन-एक पोखरी’ अभियान

वालिङ । स्याङ्जामा ‘एक सामुदायिक वन-एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष