४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालगन्जमा राजावादीहरुको र्याली



नेपालगन्ज । नेपालगन्जमा राजबादी संस्थाहरुले संयुक्तरुपमा ¥याली निकालेका छन् । हिन्दु राष्ट्र र राजसंस्थावादी दल, संघ संस्थाको आव्हानमा नेपालगन्जमा मोटरसाइकल ¥याली निकालेका हुन् ।

नेपालगन्जको रामलिला मैदानबाट शुरु भएको ¥यालीले नेपालगन्ज नगर परिक्रमा गरेको थियो । ‘हाम्रो राजा आउँदैछन्न् रायणहिटी खाली गर, राजा आउ, देश बचाउ, हाम्रो राजा, हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा–जनता एक होऔं’लगायतका नारा लगाउदै ¥यालीले नगर परिक्रमा पछि त्रिभुवनचोक पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका राप्रपाका महामन्त्री एवं आन्दोलन परिचालन किमिटिका संयोजक डा. धवलशमशेर राणाले फाल्गुनभित्र देशका ठूला शहरमा प्रदर्शन गर्ने र चैत्रमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने जानकारी दिए । उनले चैत्रमा हुने आन्दोलनमा राजावादी, हिन्दुवादी दल, संघ संस्था सबैलाई एक ठाउँमा उभिन आव्हान गरे । उनले चेत्रमा काठमाडौंमा गरिने आन्दोलन जनआन्दोलन–३ बन्ने पनि दाबी गरे।

कार्यक्रममा राप्रपाका नेताहरु रविन्द्र मिश्र, दिपकबहादुर सिंह, ज्ञानेन्द्र शाही, सलाउद्दिन जसगढ, राप्रपा नेपालका हिक्मत ढकाललगायतका नेताहरुले देशका लागि हिन्दु राष्ट्र र राजसंस्था अपरिहार्य भएकाले सबै एकजुट हुनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ८ : ५२ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज