१५ पुस २०८२, मंगलबार | December 30, 2025

थापाथलीमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक अवरुद्ध



काठमाडौं । थापाथली क्षेत्रमा आज बिहान मेलम्चीको पाइप फुटेको छ । थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुटेको हो ।

पाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किएको छ । सडकपेटीमा पनि क्षति पुगेको छ । सडकभरि हिलो र ढुंगाका गिट्टी छरिएका छन् ।

वरपरका पसलहरुमा पानीको भेल पसेको छ । सो क्षेत्रमा रेष्टुरेन्ट, औषधि र फलफूल पसलहरु छन् । केही पसल र रेष्टुरेन्टहरुमा भेल पसेर जलमग्न भएको छ। घरका भुइँतला डुबानमा परेका छन् ।

आज बिहान करिब पाँच बजेतिर पाइप फुटेको बताइएको छ । पाइप फुटेको थाहा पाउनासाथै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कर्मचारीले गेटभल्भ बन्द गरेकाले ठूलो क्षति हुन भने पाएन ।

पाइप फुट्नुको कारण भने खुलिसकेको छैन । मेलम्ची र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अधिकारीहरु सम्पर्कमा आएका छैनन् ।

यसअघि माघ ३० गते काठमाडौंको बिजुलीबजार-बबरमहल सडकखण्डमा पनि मेलम्चीको पाइप फुटेको थियो । त्यतिबेला सो क्षेत्रमा रहेका वन कार्यालय लगायतका सरकारी कार्यालयहरु जलमग्न भएका थिए । अदालतको इजलास नै स्थगित गर्नुपरेको थियो ।

बबरमहल क्षेत्रको सडकमा नेपाल विद्युत् प्राधिकरणले बिजुलीको भूमिगत तार बिछ्याउने क्रममा मेलम्चीको ठूलो पाइपमा क्षति पुगेको थियो । अर्को दिन नै पाइप मर्मत गरिएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ८ : १६ बजे

प्रसाईलाई बुद्धको मुर्ती उपहार दिँदैै प्रधानमन्त्रीले भनिन् – ‘शान्ति कायम राख्ने अभियानमा साथ दिनुहोस्’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम

नेपालगन्ज भन्सार : पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन, लक्ष्यमा कमजोर

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को

काम नगरेर रुग्ण बनाइएका ठेक्का तोड्नु हाम्रो बाध्यता : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

बीचसडकमा ग्याँसबुलेट पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

चन्द्रपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक

संविधानले विविधतासहितको एकतालाई आत्मसात् गरेको छ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानले विविधतासहितको एकतालाई राष्ट्रिय