१५ चैत्र २०८२, आइतबार | March 29, 2026

आयल निगमले भन्यो, ग्यास सहज उपलब्ध हुन्छ, मुल्य यथावत छ, आन्दोलनका कार्यक्रम फिर्ता



काठमाडौँ । नेपाल आयल निगमले ग्यासको मुल्य यथावत रहेको जनाएको छ ।

मंगलबार नेपाल एलपी ग्यास उद्योग संघसँग भएको सरकारको सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको जनाउदै निगमले ग्यास उद्योगहरुबाट अब ग्यास सहज उपलब्ध हुने बताएको हो । साथै निगमले ग्यासको मुल्य यथावत रहने पनि जानकारी दिएको छ ।

आज भएको पाँच बुँदे सहमति अनुसार उद्योगीको माग अनुसार ग्यासमा प्रति सिलिण्डर १२ रुपैयाँ ७५ पैसा उद्योगीहरुको खर्चमा समायोजन गर्ने सहमति भएको थियो । उद्योगीहरुको लाग्ने खर्चमा नयाँ मूल्य समायोजन भएपनि निगमले ग्यासको उपभोक्ता मुल्य यथावत रहने स्पष्ट गरेको छ ।

ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिण्डर रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाई अध्ययन कार्य अगाडि बढाउने सहमति भएको छ । यस्तै निगम र संघ दुवैको समन्वयमा सम्बोधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बोधन गर्ने पनि सहमति भएको छ ।

निगमले सम्बोधन गर्न नसक्ने अन्य मागहरू सञ्चालक समिति तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्ने र नेपाल एल.पी ग्यास उद्योग संघले आजदेखि एल.पी ग्यासको आपूर्ति सहज बनाउने सहमति भएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ८ : ५५ बजे

नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको