२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

ट्रम्पले मस्कको प्रशंसा गरेपछि तालीले गुन्जियो अमेरिकी संसद



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकार दक्षता विभागको नेतृत्व गरिरहेका एलन मस्कको प्रशंसा गरेका छन् ।

सम्बोधनका क्रममा ट्रम्पले मस्कका लागि यो गर्न आवश्यक नरहेको भन्दै अमेरिकी जनताको लागि उनले ठुलो काम गरिरहेको बताएका थिए । उनले मस्कको नेतृत्वमा करदाता डलरको स्पष्ट बर्बादीको अन्त्य गरिरहेको बताउदा उपस्थित सांसदहरु र अन्य अतिथिहरुले मस्कको सम्मानमा बजेको तालीले संसद गुन्जिएको थियो ।

ट्रम्पले मस्कको नाम उल्लेख गर्दा चेम्बरमा उपस्थित मस्कले उभिएर हात हल्लाउदै राष्ट्रपतिलाई सलाम गरेका थिए । ट्रम्पले भने- ‘मस्कलाई यसको आवश्यकता थिएन, धेरै धेरै धन्यवाद, हामी यसको कदर गर्छौं । मस्कको कामको डेमोक्रेटिक पार्टी पक्षले पनि प्रशंसा गर्छ, मलाई विश्वास छ, तिनीहरू त्यो स्वीकार गर्न चाहँदैनन् ।’

सम्बोधनको क्रममा ट्रम्पले मस्क नेतृत्वको दक्षता विभागले विभिन्न देशलाई दिइएको अनावश्यक सहयोगको सूची पढेर समेत सुनाएका थिए ।

ट्रम्पले आफ्नो सम्बोधनको क्रममा लगातार डेमोक्रेटिक पार्टीमाथि आक्रमण गरेका थिए । उनले आफ्नो प्रशासनले विभिन्न क्षेत्रमा कर कटौती गर्ने समेत घोषणा गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १० : ०२ बजे

हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा

‘लाइसेन्स’ छपाइ तीव्र गतिमा

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी

पूर्वगृहमन्त्री रमेश लेखक हाजिर जमानतमा रिहा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक नेपाल

१३ दिनपछि रिहा भए ओली, प्रहरीले अस्पतालबाटै लगायो आफन्तको जिम्मा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।