३ पुस २०८२, बिहिबार | December 18, 2025

खजुरामा आगलागी, लाल बहादुर रोकायाको घरगोठ जल्यो



खजुरा । बाँकेको खजुरा गाउँपालिका ४ स्थित डि गाउँ थपपलटमा आज आगलागी भएको छ । दिनको अन्दाजी ३ बजेतिर लागेको आगलागीबाट स्थानीय लाल बहादुर रोकायाको घर गोठ जलेर नष्ट भएको छ ।

माटोको दिवाल र टायलले छाएको घर र खरले छाएको गोठ पुन प्रयोग गर्न नमिल्ने गरी नष्ट भएको छ भने घरमा भएका आवश्यक कागजपत्र देखि खाद्यान्न, लत्ता कपडा आगलागीबाट नष्ट भएको स्थानीयले बताएका छन् । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

रोकाया परिवार खेतमा मसुरो काट्न गएका बेला एक्कासी घर गोठमा आगलागी भएको छिमेकीले खबर गरेको रोकायाले बताए । आगलागी नियन्त्रणमा स्थानीय जुटेपनि सम्भव नभएपछि नेपालगन्ज उप महानगरपालिकाको दमकल बोलाइएको थियो । दमकल आउा ढिला गरेका कारण सम्पूर्ण घर गोठ जलेर नष्ट भएको नागरिक आरोग्य केन्द्रका कर्मचारी समेत रहेकी पीडित लाल बहादुर रोकायका बुहारी सविना केसी रोकायले जानकारी दिइन् ।

अन्दाजी १० लाख बढीको नोक्सान भएको इलाका प्रहरी कार्यालय धनौली खजुराले जनाएको छ । रोकायाको थप घर जल्न नदिन प्रहरी र स्थानीय बासिन्दा आगो निभाउन जुटेका थिए । आगलागीका कारण रोकाया परिवार घरबार बिहिन बनेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ७ : २६ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका