१ चैत्र २०८२, आइतबार | March 15, 2026

खजुरामा आगलागी, लाल बहादुर रोकायाको घरगोठ जल्यो



खजुरा । बाँकेको खजुरा गाउँपालिका ४ स्थित डि गाउँ थपपलटमा आज आगलागी भएको छ । दिनको अन्दाजी ३ बजेतिर लागेको आगलागीबाट स्थानीय लाल बहादुर रोकायाको घर गोठ जलेर नष्ट भएको छ ।

माटोको दिवाल र टायलले छाएको घर र खरले छाएको गोठ पुन प्रयोग गर्न नमिल्ने गरी नष्ट भएको छ भने घरमा भएका आवश्यक कागजपत्र देखि खाद्यान्न, लत्ता कपडा आगलागीबाट नष्ट भएको स्थानीयले बताएका छन् । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

रोकाया परिवार खेतमा मसुरो काट्न गएका बेला एक्कासी घर गोठमा आगलागी भएको छिमेकीले खबर गरेको रोकायाले बताए । आगलागी नियन्त्रणमा स्थानीय जुटेपनि सम्भव नभएपछि नेपालगन्ज उप महानगरपालिकाको दमकल बोलाइएको थियो । दमकल आउा ढिला गरेका कारण सम्पूर्ण घर गोठ जलेर नष्ट भएको नागरिक आरोग्य केन्द्रका कर्मचारी समेत रहेकी पीडित लाल बहादुर रोकायका बुहारी सविना केसी रोकायले जानकारी दिइन् ।

अन्दाजी १० लाख बढीको नोक्सान भएको इलाका प्रहरी कार्यालय धनौली खजुराले जनाएको छ । रोकायाको थप घर जल्न नदिन प्रहरी र स्थानीय बासिन्दा आगो निभाउन जुटेका थिए । आगलागीका कारण रोकाया परिवार घरबार बिहिन बनेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ७ : २६ बजे

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी